ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा सुरक्षा जोखिम बढेको भन्दै विप्लवका ४ कार्यकर्ता पक्राउ


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार  ५ : ३६ बजे


चितवन, २८ चैत । चितवनमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरुले सुरक्षा जोखिम बढाएको सुरक्षा समितिले निकर्ष निकालेको छ ।
नारायणगढ बजारको मुख्य बजार शहीदचोकमा भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारी र भरतपुर २ क्षेत्रपुरमा कालिका कन्सट्रक्सनमा बम बिस्फोटका घटना भएसँगै यहाँको जनजीवन त्रसित बनेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुरक्षा चुनौती बढेको निश्कर्ष निकाल्दै आपराधिक क्रियाकलापलाई निस्तेज बनाएर जाने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

मंगलबार भएका दुवै घटनामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाको हात रहेको दावी प्रहरीको छ ।
जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई राजीनामा दिन नेकपाले पत्र काटेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले नेकपाका कार्यकर्तालाई निगरानीमा राखेको बताएको छ । नेकपाको नाममा जिल्लामा विभिन्न आपराधिक क्रियाकलापहरु बढ्न थालेपछि सो पार्टीका नेता र कार्यकर्तालाई निगरानी राखेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबारका दुई घटनापछि चितवन प्रहरीले नेकपाको जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित अन्य ४ जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमध्ये एक जना बम विस्फोटमा संलग्न भएको र अन्य ४ जना वडाध्यक्ष भण्डारीमाथि आक्रमणमा संलग्न रहेको प्रहरीको दावी  छ । जिल्लामा नेपाल प्रहरी ,शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई बिशेष सक्रिय बनाएर काम गरिरहेको थापाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com