ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाभारत पदमार्गको प्रारंभिक अध्ययन पूरा (फोटो फिचर)


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार   ३ : ४५   बजे

सिन्धुली, २८ चैत्र । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको हो । अध्ययन टोली टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्सांकनकर्ता लगायतका विज्ञहरु सहभागी रहेका छन् ।

 

 

टोली नमोबुद्धबाट सिन्धुलीगढीहुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको थियो । सिन्धुलीगढी नपुग्दै दिनहुँ पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको अभियन्ता सौरभ ढकालले बताए ।

 

 

ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका छौं, ढकालले भने, ‘मौसममा सुधार हुनासाथ यात्रालाई निरंतरता दिनेछौं ।’ महाभारत डाँडामा पानी पर्नासाथ जुका लाग्छ । पदमार्गमा पानी पर्दा चिप्लिने जोखिम त्यतिकै हुन्छ ।

 

 

समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । पदयात्रा बारे जानकारी दिन सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा घिमिरेले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनले बताए ।

 

 

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्नसमेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने । आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए ।

 

 

अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको थियो ।

 

 

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटलरएनालग नक्सा, फोटोरभिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरेका छौं,’ उनले भने ।

 

 

यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए ।

 

महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group