ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी सुरक्षा साझा सरोकारको विषय- उपराष्ट्रपति पुन


admin
चैत्र २७, २०७४ मंगलबार  ६ : ०१ बजे

काठमाडौँ, २७ चैत । पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।

आजदेखि राजधानीमा शुरु भएको तीनदिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले पानी सुरक्षा चुनौती बन्दै गएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गर्नुभयो । बढ्दो जनसंख्या र शहरीकरणले पानीको स्रोत, वनजंगल र जमिनमा असर परिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो, “जीवनको आधारका रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील विषय हो, घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएकाले पानी अमूल्य छ, यसको सुरक्षामा ध्यान दिन जरुरी छ ।”

उपराष्ट्रपति पुनले संयुक्त राष्ट्रसंघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यको बुँदा नं ६ मा राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, दिगो विकासका लक्ष्य र विपद् जोखिमसम्बन्धी सेन्डाई फ्रेमवर्कका प्रावधान वातावरण विनाशको असरबाट जोगाउनका साथै मुलुकको आर्थिक सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण भएको पनि उपराष्ट्रपतिले बताउनुभयो ।

उहाँले जल, वायु र विषाक्त फोहरबाट भइरहेको प्रदूषणलाई रोक्नुपर्ने, जलवायु परिवर्तनको असरबाट नेपाल अत्यन्त प्रभावित हुने मुलुकमा परेको उल्लेख गर्दै नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले विश्वलाई नै नयाँ सन्देश दिनसक्ने विश्वास पनि गर्नुभयो ।

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा हान सुङ सूले पानी जीवनको प्रमुख आधार भएको बताउनुभयो । पानीविनाको जीवन कल्पना गर्न नसकिने बताउँदै उहाँले पानीको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका प्रमुख रहनुभएका पूर्वप्रधानमन्त्री डा हान सूङ सूले मानव सभ्यताको शुरुआत नदी किनाराबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिँचाइ र यातायातमा पानीको बहुआयामिक उपयोगको प्रयोग व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वव्यापीकरण, औद्योगिकीरण, बढ्दो जनसंख्या कारण पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले पानी प्रदूषण रोक्न र प्रयोग व्यवस्थापनमा उचित ध्यान नपुगेकाले हरेक देशले प्राकृतिक विपत्तिको निरन्तर सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव, कतै बाढी पहिरो, सुनामी र आँधीका समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका असर कम गर्न वातावरण संरक्षणमा ध्यान दिनुका साथै अनुकूलनका कार्यक्रम पनि साथै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नयाँ प्रविधि प्रयोग, विभिन्न परीक्षणले पानीका मुहान सुक्दै गएको वातावरण विनाश र प्रदूषण ल्याएको जलवायु परिवर्तनका नकारात्मक असरबाट बच्नका लागि सम्मेलनमा भावी योजनाका लागि सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलन आयोजक समितिका संयोजक तथा पब्लिक हेल्थ इञ्जिनियर्स एसोसियसनका अध्यक्ष ई रामदीप साहले सीमित स्रोतको किफायती उपयोग गरी विश्वलाई सुरक्षित गर्दै सबैलाई स्वच्छ पानी उपलब्ध गराउन पानीको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पानीको अनावश्यक प्रयोगलाई रोकी पुनःप्रयोग गर्दै पानीको स्रोतको दिगोपना, वातावरण, आर्थिक र सामाजिक पक्षमा पारेको असरबारे सम्मेलनमा अनुभव आदानप्रदान गर्दै अगाडिका योजनामा साझेदारी गर्ने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

सम्मेलनमा १८ वटा विशेष प्रस्तुति र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरेर परिमार्जन गरी काडमाडाँै घोषणापत्र जारी गर्ने नेपाल इञ्जिनियर्स एसोसियसनका अध्यक्ष इन्जिनियर हरेराम श्रेष्ठले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्ड र पब्लिक हेल्थ इञ्जिनियर्स एसोसियसनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनममा १५० जना जति विदेशी र ३५० जना जति नेपाली सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com