ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई सेवा बन्द हुँदा बिरामी मर्कामा


एबीसी न्यूज

रुकुम, २७ चैत्र । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा एक वर्ष देखि हवाई सेवा बन्द भएको छ । नियमित हवाई सेवाका लागी नागरिक उडयन प्राधिकरणले करोडौं रकम खर्च गरेर धावनमार्ग कालोपत्रे गरेको भएपनि हाल उक्त धावनमार्ग प्रयोग विहीन भएको छ ।
रुकुम सल्यान र जाजरकोट जिल्लाका नागरिकलाई मध्यनजर गरी २०२८ सालमा स्थापना गरीएको विमानस्थल हाल ठप्प रहेको छ । चौरजहारी विमानस्थलमा वर्षाै वितिसक्दा पनि हवाई उडान सुचारु नहुदा यसक्षेत्रका सर्वसाधारण एवम,जटिल प्रकृतिका बिरामी, तथा गर्भवती महिलाहरु मार्कामा परेका छन् ।

हवाई सेवा संचालनको लागी स्थानियवासीहरुले पटक– पटक क्षेत्रिय कार्यालय नेपालगञ्ज र काठमाडौमा सम्पर्क गर्दा पनि हाल सम्म उडान सुचारु हुन नसकेको नेपाल नागरिक उडयन प्राधिकरण चौरजहारीका निमित्त स्टेशन ईन्चार्ज सुरेन्द्र नेपालीले वताउनुभयो ।

उपचारको लागी नेपालगञ्ज र काठमाडौ लैजानुपर्ने विरामीहरु हवाई सेवा वन्दहुदा जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको छ । हवाई सेवा नहुदा चौरजहारी नगरपालिका वडा नं ९ का ४३ वर्षिय ईन्द्र वहादुर मल्लको मृत्यु भएको छ । चौरजहारी अस्पताल वाट थप उपचारको लागी नेपालगञ्ज रेफर गरीएका मल्लको समयमा अस्पताल पुरयाउन नसक्दा विच वाटोमा मृत्युभएको थियो ।

नयाँ संघिय संरचना अनुसार नगरपालिका कामय गरीएको चौरजहारीमा हवाई सेवा वन्द गरेर प्राधिकरणले ३ जिल्लाका स्थानिय वासीहरुलाई अन्याय गरेको नगर प्रमुख विशाल शर्माले वताउनु भयो । यस क्षेत्रका सर्वसाधारण तथा जटिल प्रकृतिका विरामीहरु र पर्यटन प्रर्वद्धनको लागी हवाई यातयात सेवा सुचारु गर्न पहल गर्ने नगर प्रमुख शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com