ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना


एबीसी न्यूज
असार ६, २०८३ शनिबार   ९ : ०५   बजे

काठमाडौं, ६ असार । आज शनिबार काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘अहिले बिहान काठमाडौँको आकाश बादलले भरिएको छ’, उनले भने, ‘तत्काल पनि वर्षाको सम्भावना देखिएको छ तर सम्भावना थोरै छ। वर्षा भइहाल्यो भने हल्कासम्म हुन्छ। दिउँसो भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

उनका अनुसार केही समयपछि काठमाडौँ उपत्यकामा घाम पनि लाग्ने सम्भावना छ।

तर मध्याह्नपछि फेरि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने देखिएको छ मौसमविद् ढकालले भने।

उनका अनुसार अहिले काठमाडौँ उपत्यकामा विशेषगरी पश्चिमी वायुको प्रभाव बढी छ। साथै पूर्वी वायुको पनि प्रभाव छ।

पूर्वी वायु आफैँमा मनसुनी वायु पनि हो। ‘तर त्यसो भनेर कोसी प्रदेशमा जस्तो काठमाडौँ उपत्यकामा मनसुन आइसकेको छैन’, मौसमविद् ढकालले भने, ‘गण्डकीसम्मै पूर्वी वायुको प्रभाव देखिए पनि यसलाई मनसुन भन्न मिल्ने गरी मापदण्ड पूरा भइसकेको छैन।’

कोसी प्रदेशका केही स्थानमा भने हिजो अर्थात् असार ५ गते मनसुन प्रवेश गरिसकेको छ।

नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिने सरदर मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी जुन १९ तारिखमा भित्रिएको हो। अब मनसुन पूर्वबाट बिस्तारै पश्चिमतर्फ फैलिँदै देशको पश्चिमसम्म पुग्छ। यसका लागि केही दिन लाग्ने मौसमविद् बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group