ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद


एबीसी न्यूज
जेष्ठ २७, २०८३ बुधबार   २ : १९   बजे

काठमाडौँ, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएपछि फेरी विवाद चुलिएको छ । निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको हो ।

निर्वाचन समितिले जानकारी दिएको कुल मत सङ्ख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबीच तालमेल नमिलेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग रास्वपा दैलेखको पार्टी कार्यालयमा तालाबन्दी गरिएको अधिवेशनमा सभापति पदका उम्मेदवार रहेका प्रकाशकुमार बुढाले जानकारी दिए ।

‘पदाधिकारीको घोषण भइसकेपछि कुल खसेको मतभन्दा उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्या बढी देखियो । यो सामान्य त्रुटि होइन’, उनले भने, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छौं । सम्बन्धित सबै प्रमाण सुरक्षित रहुन् भनेर हामीले पार्टी कार्यालयमा तालाबन्दी गरेका छौं ।’

उनका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जनाएको दिएको थियो । तर सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्या जोड्दा २४६ हुन आउँछ । पार्टीको जिल्ला सभापतिका लागी चार आकाङ्क्षी थिए । सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार मध्यराती मतदान भएको भएको थियो ।

सभापतिमा निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए । अर्का उम्मेदवार प्रकाश बुढा ६९, बिनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल ४१ मत प्राप्त गरेका छन् ।

खसेको २४० मतमा पनि ६ मत बदर भएको भनियो त्यसो हुँदा जम्मा सदर मत २३४ हुन आउँछ । तर, सभापति पदका उम्मेदवारले पाएको कुल मत २४६ हुन्छ । यसो हुँदा १२ मत कसरी बढी भयो भन्ने विषयमाथि छानबिन हुनुपर्ने उनको माग छ ।

जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group