ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै


एबीसी न्यूज
जेष्ठ २७, २०८३ बुधबार   ८ : १७   बजे

काठमाडौं, २७ जेठ । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा विद्युत् व्यापार (पावर ट्रेडिङ), खुल्ला पहुँच (ओपन एक्सेस) र अन्तरदेशीय विद्युत् कारोबारको बहस सघन बन्दै गएको छ । यी नवीन र जटिल विषयमा गहिरो ज्ञानयुक्त दक्ष जनशक्तिको भने अझै अभाव देखिन्छ । यही संवेदनशीलतालाई मध्यनजर गर्दै मृगशीरा कन्सल्टिङ एण्ड ट्रेनिङ सर्भिसेसुले आगामी असार १२ र १३ गते दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

ुनेपालको विद्युत् बजार र नियमनको बदलिँदो परिदृश्यु विषयक यस प्रकारको प्रशिक्षण कार्यक्रम मृगशीराले दोस्रो पटक आयोजना गर्न लागेको जनाएको छ । नेपालको ऊर्जा क्षेत्रमा दक्ष इन्जिनियर, कुशल वित्तीय विश्लेषक र परिपक्व कानुनी जनशक्तिको कमी नभए पनि विद्युत् बजार आफैंमा एक जटिल र बहुआयामिक रहेकोले यसको गाम्भीर्यता बुझाउन पनि यो कार्यक्रम गर्न लागेको मृगशीराका संस्थापक एवम् प्रमुख इन्जिनियर सरोज कोइरालाले बताए ।

ुनेपालमा यससम्बन्धमा पर्याप्त छलफल, विश्लेषण र व्यावहारिक प्रशिक्षणको कमी देखिएको छ, विद्युत् बजारले जनशक्तिबाट बहुआयामिक ज्ञानको माग गर्छ, उनले भने, प्रशिक्षणसँगै प्रशिक्षक र प्रशिक्षार्थीबीच घनिभूत अन्तरक्रिया समेत अत्यावश्यक भएकाले यस कार्यक्रमलाई आवासीय ढाँचामा अघि बढाइएको हो।

विशेषतः नेपाली निजी क्षेत्रले भारतको प्रणाली प्रयोग गरी विद्युत् व्यापार गर्ने अपेक्षा गरिरहेको वर्तमान अवस्थामा छिमेकी देशको कानुन, नियम र नियामकीय पद्धति बुझ्न अपरिहार्य भइसकेको पनि कोइरालाले बताए । उनी करिब आधा दशकदेखि विद्युत् नियमन आयोगमा परामर्श विज्ञका रूपमा काम गर्दै पनि आएका छन् ।

ऊर्जा क्षेत्रका विज्ञहरूबाट दिइने यस प्रशिक्षणमा भारतीय ऊर्जा बजार –जस्तै इण्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स), त्यहाँको कानुनी प्रावधान र अन्तरदेशीय व्यापारबाट नेपालका विद्युत् उत्पादन कम्पनीले लिन सक्ने रणनीतिक लाभका बारेमा विस्तृत छलफल हुने कार्यक्रम व्यवस्थापक कपिल ढकालले जानकारी दिए ।

नेपालको जलविद्युत् विकासका लागि लगानी जति महत्त्वपूर्ण छ, नीति र नियमनको मर्म बुझ्ने दक्ष जनशक्तिको क्षमता वृद्धि पनि उत्तिकै अपरिहार्य रहेको कोइरालाको भनाइ छ । सोही उद्देश्यअनुरूप ऊर्जा बजार, नीति र नियमनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न स्थापित मृगशीराले यसअघि पनि विभिन्न वेबिनार र अनलाइन प्यानल छलफल आयोजना गर्दै आएको छ ।

यस प्रशिक्षणले नेपाली ऊर्जा क्षेत्रका नेतृत्वदायी पेशाकर्मीलाई बदलिँदो विश्वव्यापी र क्षेत्रीय विद्युत् बजारको परिदृश्य बुझ्न र सोही अनुसार रणनीति तय गर्न एउटा बलियो प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ ।

विशेषतः विद्युत् क्षेत्रमा निर्णायक भूमिका खेल्ने व्यावसायिक जनशक्तिलाई लक्षित गरी डिजाइन गरिएको जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ एवम् अनुभवी इन्जिनियरहरू, बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरू, जलविद्युत् आयोजना (पावर प्लान्ट) का व्यवस्थापकहरू तथा ऊर्जा सम्बन्धी कम्पनीका उच्च अधिकारी तथा निर्णयकर्ताहरूके उपस्थिति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group