काठमाडौं २० जेष्ठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदमा नेकपा एमालेका चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारु रहेका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक राजीनामा बुझाएको जानकारी दिएका छन्।
एमाले स्रोतका अनुसार पार्टीले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य पनि नेकपा एमालेकै हुन्।
प्रदेश सरकारभित्र मन्त्री परिवर्तन र पुनर्गठनको तयारीसँगै लुम्बिनीको राजनीतिक समीकरणमा नयाँ तरंग देखिएको छ।








प्रतिक्रिया दिनुहोस्