ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साङ्ग्रिला संवाद २०२६ः क्षेत्रीय शान्ति र स्थिरताका लागि आसियानको केन्द्रियतामा भियतनामी राष्ट्रपतिको जोड


एबीसी न्यूज
जेष्ठ १७, २०८३ आईतबार   ११ : १७   बजे

काठमाडौं १७ जेष्ठ । भियतनामका राष्ट्रपति टो लामले क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को केन्द्रिय भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । सिङ्गापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ लाई सम्बोधन गर्दै राष्ट्रपति लामले बढ्दो भू–राजनीतिक प्रतिष्पर्धाका बीच क्षेत्रीय एकता, संवाद र रणनीतिक स्वायत्तता कायम राख्न आह्वान गर्नुभयो । आफ्नो मुख्य सम्बोधनका क्रममा राष्ट्रपति लामले एशिया–प्रशान्त क्षेत्रको साझा हित शान्ति, कनेक्टिभिटी र विकासमा निहित रहेको उल्लेख गर्दै यस क्षेत्रसँग बहुआयामिक सहयोगको गहिरो अनुभव रहेको बताउनु भयो ।
प्रतिष्पर्धालाई द्वन्द्वमा परिणत हुन नदिन र आपसी सम्बन्धका पाटाहरूलाई विभाजनको रेखा बन्न नदिन आसियान दृढ संकल्पित रहेको उहाँको भनाइ थियो । राष्ट्रपति लामले एक राष्ट्रको सुरक्षा अर्को राष्ट्रका लागि असुरक्षाको कारण बन्न नहुने धारणा समेत व्यक्त गर्नुभयो । आसियानको केन्द्रीयता स्वतः प्राप्त हुने वा सधैँका लागि स्थिर रहने विषय नभएको उल्लेख गर्दै उहाँले यसलाई एकता, रणनीतिक स्वायत्तता र साझा एजेन्डा तय गर्ने क्षमतामार्फत मात्र संरक्षण गर्न सकिनेमा जोड दिनुभयो । यसका साथै, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने, आसियानको केन्द्रीयतालाई समर्थन गर्ने र क्षेत्रीय तनाव कम गर्न योगदान पु¥याउने पारदर्शी एवं जिम्मेवार संलग्नतालाई यो क्षेत्रले सदैव स्वागत गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

सम्बन्धित

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन

अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अमेरिकी रक्षामन्त्री

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group