ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सचिवालय बैठक आज पनि, अल्पमतमा परेका ओलीले के गर्लान्र


एबीसी न्यूज
जेष्ठ १०, २०८३ आईतबार   ७ : ५४   बजे

काठमाडौं, १० जेठ । नेकपा एमालेको सचिवालयको आठौं बैठक आइतबार पनि बस्दैछ। आज बिहान ११ः३० बजे आठौं सचिवालयको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार आज बैठकमा चार जना सचिवहरूले धारणा राख्न बाँकी छ। सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीले धारणा राख्न बाँकी रहेको नेताहरूले बताएका छन्।

६ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओली यो सचिवालय बैठकबाट संकटमा परेका छन्। १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन्। १० जना सदस्यहरूले अहिलेसम्म पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।

निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश सचिवालय सदस्यहरूले ओलीलाई मार्ग प्रशस्त गर्न भनेका छन्। योगेश भट्टराईलगायत केही नेताहरूले राजीनामाकै आवाज उठाएका छन्। विगतमा ओली पक्षको भनेर चिनिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टी पुनर्गठनमा जोड दिएका छन्।

नेताहरूका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा ‘बादल‘ र सचिव महेश बस्नेतले खुलेर ओलीको प्रतिरक्षा गरेका छन्।

उपमहासचिव लेखराज भट्ट र पद्मा अर्याल बीचबीचमा देखिएका छन्। भट्टले पार्टी पुनर्गठन गर्ने भए ६० वर्षमाथिका सबैले बिदा लिऔं भनेर चुनौती दिएका छन्। पद्मा अर्यालले पार्टी नेतृत्वको आँखाबाट हेरेजस्तो मात्रै नरहेको भन्दै तल काम गर्न अप्ठ्यारो भइरहेको बताएकी थिइन्। यद्यपि उनले पुनर्गठनको आवाजलाई असहयोग भने गरेकी छैनन्।

रघुवीर महासेठले पार्टी कसका कारण कमजोर रह्यो समीक्षा गर्नुपर्छ भनेका छन्। सचिव यामलाल कँडेल, हिक्मत कार्की, छविलाल विश्वकर्मा लगायतले पनि समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

आज सकिने सचिवालय बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ। निर्वाचन समीक्षा, संविधान संशोधन कार्यदल बनाउनेछ भने केन्द्रीय कमिटी बैठक आह्वान गर्ने पनि नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group