ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दकोठामा मन्त्रीबिना बैठक, सांसदले गरे राज्यव्यवस्था समिति बहिष्कार


एबीसी न्यूज
जेष्ठ ८, २०८३ शुक्रबार   ८ : ४१   बजे

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बन्द कोठामा गरिएपछि केही सांसदहरूले विरोध जनाएका छन् ।

शुक्रबार समितिको बैठकको एजेन्डा बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयमा पूर्वधार विकास मन्त्रालयसँग छलफल थियो ।

पत्रकारहरूलाई बैठक सुरु भएपछि फोटो खिच्न दिएर बाहिर निकालियो । छलफलमा केही बरे बसेर मन्त्री सुनिल लम्साल पनि निस्किए । बन्द कोठाको बैठक र मन्त्रीबिनाको छलफलमा नबस्ने भन्दै सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । जसमा नेपाली कांग्रेसका सचेतक निश्कल राई, एमालेका सांसद मोहमद इस्तियाक राई र सत्तारूढ रास्वपाका सांसद अमरेश सिंह छन् । कांग्रेस प्रमुख सचेतक राईले क्रमभंगताका नाममा लोकतन्त्रलाई बन्धक बनाउन खोजेको बताए । बन्द कोठामा गर्ने भए उपस्थित नहुने चेतावनी सांसदहरूको छ ।

“सार्वभौम जनताको आवाज बोकेर जनप्रतिनिधि मिनि पार्लियामेन्ट गएका हौँ । जनप्रतिनिधिलाई प्रत्यक्ष सुन्न पाउने अधिकार जनतामा रहन्छ । प्रेसलाई बाहिर राखेर बैठक चलाइयो । सबै क्रमभंगतका नाममा लोकतन्त्रलाई बन्धक बनाउने ? यसरी नै बैठक चल्यो भने हामी उपस्थित हुँदैनौँ भनेका छौँ,” उनी भन्छन् । बैठकमा कांग्रेस सांसद अजुर्ननरसिंह केसीले पनि सोही विषयमा धारणा राखेका थिए । र, उनी पनि निस्किए । “बैठकमा मन्त्री चाहियो नि । जवाफ कर्मचारीबाट खोजेको होइन । हामीले निर्देशन दिने कुरा हो,” राई भन्छन्, “पहिले मन्त्री हुनुहुन्थ्यो । तर, पछाडिको एजेन्डामा बस्नु भएन ।” बजेटको बेलामा व्यस्तता भन्दै मन्त्री निस्किएका थिए । “व्यस्तता थियो बैठक अर्को दिन राखेको भए हुन्थ्यो नि,” बैठकमा सांसदहरूले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group