ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि


एबीसी न्यूज
बैशाख २८, २०८३ सोमबार  ८ : ४० बजे

कूटनीतिक सन्देश कि राजनीतिक दूरी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत तथा भारतका लागि राजदूत सर्जियो गोरको हालैको नेपाल भ्रमण कूटनीतिक रूपमा असहज वातावरणबीच सम्पन्न भएको दाबी गरिएको छ। उच्च कूटनीतिक स्रोतहरूका अनुसार, तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आएका गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि बारम्बार प्रयास गरे पनि अन्तिमसम्म समय नपाएपछि असन्तुष्ट हुँदै फर्किएका हुन्।

अमेरिकी दूतावास निकट स्रोतका अनुसार, राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री शाहलाई पठाएको औपचारिक बधाईपत्रसमेत गोरले हस्तान्तरण गर्न सकेनन्। स्रोतको दाबी अनुसार, गोरले उक्त पत्र प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटमै बुझाउने तयारी गरेका थिए। तर भेट नै सम्भव नभएपछि उनले वैकल्पिक रूपमा परराष्ट्रमन्त्री शिशिर खनाल, वा अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत पत्र बुझाउने प्रस्तावसमेत अस्वीकार गरेका थिए।

अन्तिम क्षणसम्म भेटको प्रतीक्षा

स्रोतका अनुसार, वैशाख १९ गते साँझ दिल्ली फर्किने पूर्वनिर्धारित योजना रहे पनि गोर अन्तिम क्षणसम्म प्रधानमन्त्रीसँग भेट हुने आशामा काठमाडौंमै रोकिएका थिए। उनले सुरुमा बुक गरिएको एअर इन्डियाको टिकट रद्द गरेर राति ढिलो इन्डिगो एयरलाइन्समार्फत दिल्ली फर्किएको दाबी स्रोतको छ।
“उनले अन्तिम मिनेटसम्म भेटको संकेत आउला भनेर प्रतीक्षा गरेका थिए,” एक कूटनीतिक स्रोतले भन्यो, “तर कुनै स्पष्ट प्रतिक्रिया नआएपछि उनी निकै निराश बने।”

यो घटनाले वासिङ्टनमा पनि असन्तुष्टि उत्पन्न गरेको दाबी गरिएको छ। अमेरिकी पक्षले यसलाई सामान्य प्रोटोकलको विषय मात्र नभई राजनीतिक सन्देशका रूपमा हेरेको स्रोतहरू बताउँछन्।

यसअघि पनि अमेरिकी प्रतिनिधिमण्डलसँग दूरी

यो पहिलो घटना भने होइन। केही समयअघि दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक उपमन्त्री पल कपुरले नेपाल भ्रमण गर्दा पनि प्रधानमन्त्री शाहसँग भेट हुन सकेको थिएन। त्यसबेला पनि अमेरिकी पक्षले औपचारिक भेटको प्रयास गरेको तर समय नदिइएको चर्चा कूटनीतिक वृत्तमा चलेको थियो।

विश्लेषकहरूका अनुसार, लगातार दुई उच्च अमेरिकी प्रतिनिधिमण्डलसँग भेट हुन नसक्नु केवल ‘कार्यव्यस्तता’ वा ‘तालिका नमिल्नु’ को विषय मात्रै होइन, यसले नेपाल–अमेरिका सम्बन्धबारे नयाँ प्रश्नहरू उठाउन थालेको छ।

रवि, खनाल र वाग्लेसँग सक्रिय संवाद

प्रधानमन्त्रीसँग भेट हुन नसके पनि गोरले आफ्नो भ्रमणका क्रममा सत्तारूढ दलका सभापति रबि लामिछाने , परराष्ट्रमन्त्री खनाल तथा अर्थमन्त्री वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटहरूमा नेपाल–अमेरिका सम्बन्ध, क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य, लगानी र रणनीतिक साझेदारीबारे छलफल भएको स्रोतहरूको दाबी छ।

अमेरिकी पक्षले विशेषगरी चीनको बढ्दो प्रभाव, दक्षिण एसियाको शक्ति सन्तुलन, तथा हिन्द–प्रशान्त रणनीतिसँग सम्बन्धित विषयमा नेपालसँग निरन्तर संवाद बढाउन खोजिरहेको कूटनीतिक जानकारहरू बताउँछन्।

सगरमाथा आधार शिविरमा ड्रोन प्रदर्शन

गोरको भ्रमणको सबैभन्दा चर्चित पक्ष भने सगरमाथा आधार शिविरको भ्रमण बन्यो। उनले अमेरिकी ड्रोन प्रविधिको प्रयोगबाट हिमाली क्षेत्रको निगरानी, फोहोर व्यवस्थापन, उद्धार क्षमता र वातावरणीय संरक्षणसम्बन्धी प्रस्तुति अवलोकन गरेका थिए।

अमेरिकी टोलीले आधार शिविर क्षेत्रमा सरसफाइ अभियान तथा जलवायु परिवर्तनका असरबारे पनि चासो देखाएको थियो। स्रोतका अनुसार, अमेरिकाले नेपालसँग पर्वतीय वातावरण संरक्षण र प्रविधि सहकार्यका क्षेत्रमा नयाँ कार्यक्रम अघि बढाउने सम्भावना पनि छलफलमा आएको थियो।

कूटनीतिक सन्देश कि राजनीतिक दूरी ?

कूटनीतिक वृत्तमा अहिले मुख्य प्रश्न यही उठिरहेको छ — प्रधानमन्त्री शाहले अमेरिकी विशेष दूतसँग भेट नगर्नु केवल समय व्यवस्थापनको समस्या थियो कि कुनै गहिरो राजनीतिक सन्देश ?

पूर्वराजदूतहरू र परराष्ट्र विज्ञहरूका अनुसार, विश्व शक्ति राष्ट्रका उच्च प्रतिनिधिहरूसँग औपचारिक भेट नगर्नु सामान्य कूटनीतिक अभ्यासभन्दा बाहिरको विषय मानिन्छ। विशेषगरी, अमेरिकी राष्ट्रपतिले पठाएको औपचारिक सन्देशसमेत ग्रहण नगरिनुलाई वासिङ्टनले ‘अनिच्छा’ वा ‘दूरी’ का रूपमा बुझ्न सक्ने उनीहरूको भनाइ छ।

एक पूर्वकूटनीतिज्ञले भने, “नेपाल अहिले अमेरिका, चीन र भारतबीचको रणनीतिक प्रतिस्पर्धाको संवेदनशील अवस्थामा छ। यस्तो बेला साना कूटनीतिक संकेतहरूले पनि ठूलो अर्थ राख्छन्।”

नेपाल सरकार वा प्रधानमन्त्री कार्यालयले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सरकार सुधारको बाटोमा ः अधिवक्ता चौलागाई भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com