काठमाडौं, २० वैशाख। अनामनगर, विनायकनगर स्थित ७ तले घरका मालिक ईन्द्र चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ। धोबी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको उनको घरमा आइतबार डोजर चलेको थियो।७ तले घरका ४ तला भत्काइएका छन्। उनको घरमा बन्दूक, प्रहरी दर्ज्यानी चिन्ह र बर्दी भेटिएपछि सोधपुछका लागि प्रहरी वृत्त नयाँ वानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी समक्ष उनले ती सामान सुटिंग प्रयोजनका लागि राखिएको बयान दिएका छन्।
शक्ति केन्द्रको बल लगाएर उनले त्यो घर बनाएको भनेर चर्चा भइरहँदा उनी प्रहरी नियन्त्रणमा परेका हुन्।








प्रतिक्रिया दिनुहोस्