काठमाडौं १५ वैशाख । नेपाली कांग्रेसमा आन्तरिक शक्ति सन्तुलन र नेतृत्व विवाद फेरि चुलिएको छ। यसैबीच निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय नेताहरूको बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ।
बैठकमा खड्का समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापति तथा उपत्यकाका क्षेत्रीय सभापतिहरू सहभागी छन्। यसअघि पनि यही स्थानमा खड्का पक्षले रणनीतिक छलफल गरेको थियो।
गगन थापा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतबाट वैधता पाएपछि खड्का समूहले आन्तरिक रणनीति बनाउन सक्रिय छलफल थालेको हो। यसअघि बसेको बैठकले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने निष्कर्ष निकालेको थियो।
यसैबीच, पार्टी सभापति शेरबहादुर देउवा पक्षीय समूहको समानान्तर भेलामा पूर्वमहामन्त्री शशाङ्क कोइराला र नेतृ सुजाता कोइराला को उपस्थिति देखिएको छ। महाराजगञ्जस्थित सो भेलामा उनीहरूको सहभागिताले देउवा समूहभित्र सक्रियता बढेको संकेत गरेको छ।
खड्का संयोजक रहेको भेलामा पूर्वउपसभापति विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र उमाकान्त चौधरीलगायत नेताहरू सहभागी छन्।
हाल कांग्रेसभित्रको आन्तरिक विवाद पूर्ण रूपमा समाधान हुन सकेको छैन। दुवै पक्षबीच संवाद जारी रहे पनि नेतृत्व, संगठन र आगामी राजनीतिक रणनीतिबारे मतभेद कायमै छ। आजको बैठकमा यही विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्