ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको तीनदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ८ : ५२   बजे

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता हुनुभएको छ ।

स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषि  लगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले नेपाली जनमतको सम्मानसँग स्वागत गरेकाले भ्रमण सफल रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, नेता, व्यापारी, वौद्धिक वर्गसँगको भेटघाट फलदायी भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

भारत भ्रमण उपलब्धिमूलक रहेको भारत संगको सम्वन्ध नयाँ ढंगले अगाडी बढेको र संवादका माध्यम बाट क्रस वोर्डर र क्राईमबारे छलफल समेत भएको ओलीले पत्रकार सम्मेलनमा बताउनुभयो । सम्मेलनमा काठमाडौं – रक्सौल रेलमार्ग छिटै निर्माण हुने , नदिको कनेक्टिभिटी बारे महत्वपूर्ण समझदारी भएको , सिमा र डुवान सम्वन्धी विषयलाई गम्भिरतापूर्वक उठाएको र  भारत संग सकरात्मक प्रगति भएको हुदा दुई देश विचको सम्वन्ध विग्रान नहुने समेत उहाले बताउनु भयो ।

भ्रमणका क्रममा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली शुक्रबार भारत भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group