ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कलह : कानुनी टुंगो लागे पनि राजनीतिक लडाइँ यथावत्


एबीसी न्यूज
बैशाख ६, २०८३ आईतबार   ६ : २७   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आधिकारितासम्बन्धी कानुनी विवाद सर्वोच्च अदालतबाट टुंगिए पनि राजनीतिक द्वन्द्व भने कायमै छ । इतर पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने सर्वोच्च अदालतको फैसला स्वीकार गरे पनि ‘राजनीतिक लडाइँ’ जारी राख्ने संकेत दिएको छ ।

अदालतको फैसलापछि कानुनी अन्योल अन्त्य भए पनि संस्थापन र इतर पक्षबीचको दूरी र अविश्वास घटेको छैन । महाधिवेशनपछि देखिएका समानान्तर गतिविधि, आरोप–प्रत्यारोप र स्पष्टीकरणले दुवै पक्षबीचको खाडल झन् गहिरो बनाएको छ ।

इतर पक्षले अदालतको फैसला स्वीकार गरेर पार्टी एकता जोगाउने लचकता देखाएको छ । शुक्रबार फैसला आएलगत्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार आफ्ना पक्षका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए । उक्त छलफलमा फैसला स्वीकार गर्दै अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

छलफलमा सहभागी नेता विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मा लगायतले फैसला मान्नुपर्नेमा जोड दिएका थिए । तर, उनीहरूले फैसलाका केही आधारमा असहमति रहेको स्पष्ट पनि गरेका छन् ।

नेता खड्काले छलफलमा भनेका थिए, “अदालतको फैसला विवादित भए पनि स्वतन्त्र न्यायालयको निर्णय मान्नुको विकल्प छैन ।”

संस्थापन पक्षले भने पार्टी एकता कायम गर्न हदैसम्म लचिलो हुने बताएको छ । महामन्त्री गुरुराज घिमिरेले भने, “सभापति गगन थापाले इतर पक्षसँग संवादको जिम्मा आफैं लिएका छन् । उहाँहरूका माग सम्बोधन गर्दै १५औँ महाधिवेशनमा सबैलाई सामेल गराउने रणनीति छ ।”

घिमिरेले आवश्यक परे महाधिवेशनको मिति केही सार्न सकिने पनि संकेत गरे । “सहमतिमा काम गर्दा असोजको तालिका नमिले केही तलमाथि गर्न सकिन्छ, तर धेरै ढिलाइ गर्ने पक्षमा छैनौँ,” उनले भने ।

पूर्वकार्यवाहक सभापति खड्कालाई सोधिएको स्पष्टीकरण अहिलेलाई अघि नबढाउने संस्थापन पक्षको निर्णय छ । महामन्त्री घिमिरेले भने, “आधिकारिकताको दाबी खारेज भएपछि स्पष्टीकरणको अर्थ छैन । फेरि पार्टी एकतालाई खलल पार्ने काम भए मात्र अर्को स्पष्टीकरण सोधिनेछ ।”

सभापति गगन थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाले पार्टी एकताबद्ध बनाउने वातावरण सिर्जना गरेको बताएका छन् । “यो जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो,” थापाले लेखेका छन् ।

इतर पक्षले भने अब पार्टी एकताको जिम्मेवारी सभापति थापाको काँधमा आएको बताएको छ । नेता मीन विश्वकर्माले भने, “वैधानिकता टुंगियो, अब राजनीतिक एकताको विषय बाँकी छ । गगन थापाको खुट्टामा बल छ, उहाँले कसरी पार्टी एकताबद्ध बनाउनुहुन्छ भन्ने मुख्य कुरा हो ।”

इतर पक्षले १५औँ महाधिवेशनका लागि साझा संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । नेता डा. प्रकाशशरण महतले सहमतिमूलक र सम्मानजनक ढंगबाट अघि बढ्नुपर्ने बताए ।

राजनीतिक विश्लेषक विज्ञान प्रसाईंले पुराना नेताहरूले युवा पुस्तालाई सहयोग गर्नुपर्नेमा जोड दिए । “पुराना नेताले भाग खोज्ने र स्वार्थकेन्द्रित भए कांग्रेसको भविष्य छैन,” उनले भने ।

इतर पक्षले आइतबार मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटेलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । उक्त बैठकमा पार्टी एकताका लागि थप रणनीति तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group