ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मेरो बाबु भए पनि छाड्दिनँ” – गृहमन्त्री गुरुङको कडा चेतावनी, अदालतप्रति असन्तुष्टि


एबीसी न्यूज
बैशाख ४, २०८३ शुक्रबार   २ : ५०   बजे

काठमाडौं, ४ वैशाख । गृहमन्त्री सुधन गुरुङ ले कानुन उल्लंघन गर्ने कसैलाई पनि नछाड्ने स्पष्ट सन्देश दिएका छन्। आफ्नै परिवारका सदस्य भए पनि कारबाहीबाट उन्मुक्ति नदिने उनको भनाइ छ।

बिहीबार साँझ सुरक्षा मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको भेटघाटमा उनले भने, “म गल्ती गर्ने कसैलाई छाड्दिनँ। मेरै बाबुले गल्ती गरे पनि छाड्दिनँ।”

उनका अनुसार अहिले सरकारको प्राथमिकता अनुहार नहेरी कानुनको दायरामा ल्याउने रहेको छ।

तर, उनले न्यायालयप्रति भने असन्तुष्टि व्यक्त गरे। विशेषगरी केपी शर्मा ओली लाई पक्राउ गरेपछि अदालतले छाडेको घटनाप्रति उनले गुनासो पोखे।

गुरुङले भने, “रातभर म र दुई आईजीपी बसेर काम गर्‍यौं, तर अदालतले तुरुन्तै छाडिदियो। हाम्रो मेहनत खेर गयो।”

उनले कानुनी जटिलताका कारण अपराध नियन्त्रणमा चुनौती आएको स्वीकार गर्दै अब स्वयं कानुन अध्ययन गर्न थालेको जानकारी दिए। भविष्यमा पक्राउ गर्दा अदालतले छुटाउन नसक्ने आधार तयार गरेर अघि बढ्ने उनको योजना छ।

उनका अनुसार हाल केही वीआईपीमाथिको कारबाही सुस्त देखिए पनि त्यो रणनीतिक तयारीका कारण भएको हो, न कि कमजोरीका कारण।

“अब यस्तो आधार तयार पारिन्छ कि अदालतले पनि छाड्न नसकोस्। तर गल्ती गर्नेलाई कारबाही गर्ने काम रोकिन्न,” उनले स्पष्ट पारे।

गृहमन्त्रीको यो अभिव्यक्तिले एकातिर सरकारको कडा रुख देखाएको छ भने अर्कोतर्फ कार्यपालिका र न्यायपालिकाबीचको समन्वय र सीमाबारे बहससमेत चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group