ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई संघीयता विरोधी भनेपछि प्रदेशसभा बैठक अवरुद्ध


एबीसी न्यूज

धनुषा, २५ चैत । प्रदेश नम्बर–२, को आज बसेको प्रदेशसभा बैठकमा विवाद उत्पन्न भएको छ । विवाद भएपछि झण्डै १ मिनेट संसाद बैठक अवरुद्ध भएको थियो ।
आइतबार बसेको प्रदेश नम्बर २ को ११ औं प्रदेशसभा बैठकमा राजपा नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि विवाद भएको हो ।

राजपा सांसद सुमनले पटक–पटक ओली संघीयता विरोधी भनेपछि अपमान गरेको भन्दै नेकपा एमालेका प्रदेश २ का सांसदीय दलका नेता सत्यनारायण मण्डलले टेबुल ठोक्दै सभामुख सरोज यादवलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसपछि एमालेका प्रदेश सांसदहरुसमेत उठेर सुमनको विरोध गरेका थिए । एमाले संसदीय दलका नेता मण्डलले सभामुखलाई ध्यानाकर्षण गराउँदै सांसदहरुलाई सभाहलमा मर्यादित भएर सभ्य भाषा बोल्न आग्रह गर्नुभयो ।

त्यस अघि बैठकमै नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले प्रधानमन्त्री ओली मधेश विरोधी भएको भन्दै पटक–पटक ओलीको आलोचना गर्नुभएको थियो । लगत्तै नेकपा एमालेका प्रदेश सांसद किशोरी साह कमलले आफ्नो निर्धारित समयमै माओवादीका प्रदेश सांसद जगत यादवलाई शिष्ट भाषा प्रयोग गर्न र होस पुर्याएर बोल्न आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com