ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता


एबीसी न्यूज
बैशाख १, २०८३ मंगलबार   ८ : २०   बजे

काठमाडौँ, १ वैशाख । सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेको छ। राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सरकारले हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित सम्बन्ध कायम राख्ने जनाएको हो। बालेन्द्र शाह नेतृत्वको सरकारले शान्ति, असंलग्नता र राष्ट्रिय हित केन्द्रित कूटनीतिलाई प्राथमिकता दिएको उल्लेख गरेको छ।

सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू(राजनीतिलाई विकासको अवसरमा रूपान्तरण गर्ने नीति लिएको छ। यसका लागि ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिने र कूटनीतिक नियोगहरूको कार्यसम्पादन मूल्यांकन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गरिने बताइएको छ।

त्यस्तै नेपाललाई परम्परागत ‘बफर स्टेट’को अवस्थाबाट ‘भाइब्रेन्ट ब्रिज’का रूपमा रूपान्तरण गर्दै त्रिपक्षीय आर्थिक साझेदारी र क्षेत्रीय कनेक्टिभिटीमार्फत राष्ट्रिय हित सुनिश्चित गर्ने रणनीति अघि सारिएको छ। सरकारले नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रका रूपमा विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिमा अवरोध पुर्‍याउने मान्यतासहित सबै देशसँग सम दूरी र समनिकटताको नीति अपनाइने सरकारको भनाइ छ। साथै, ‘नेपाल प्रथमः नेपाली प्रथम’को अवधारणालाई सम्पूर्ण कूटनीतिको केन्द्रमा राखिने उल्लेख गरिएको छ।

आर्थिक कूटनीतिलाई सुदृढ बनाउने, ‘सगरमाथा संवाद’जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिने तथा जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठित राष्ट्रका साझा हितका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने जनाइएको छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको हकहित, सुरक्षा र सामाजिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाइने सरकारको प्रतिबद्धता छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group