ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन


एबीसी न्यूज
चैत्र २९, २०८२ आईतबार   ९ : ४६   बजे

काठमाडौं, २९ चैत्र । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको उल्लेख छ ।

परराष्ट्रमन्त्री खनालको काठमाडौंको टोखा नगरपालिका–१० मा ६ आनामा बनेको घर रहेको छ ।

६ आना जग्गामा बनेको उक्त घर जुन २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद गरिएको हो । उक्त घर सुर्यभक्त खनालको नाममा रहेको उल्लेखे छ ।

त्यस्तै, सुर्यभक्त खनालकै नाममा तनहुँमा १५ रोपनी पैतृक जग्गा, पूर्व नवलपुरको देवचुलीमा १३ रोपनी र नेपालगञ्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । यसका साथै खनालसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद रहेको उल्लेख छ ।

परराष्ट्रमन्त्री खनालको पाँच बैंकमा नगद रहेको छ । जसमा एमएमबि बैंकमा ३ लाख २० हजार रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार रुपैयाँ, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकमा १७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, अच्युता अधिकारीको नाममा एभरेष्ट बैंकमा ४३ हजार रुपैयाँ र नबिल बैंकमा ४ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ । उनकै नाममा एक दर्जन कम्पनीमा शेयर लगानी रहेको उल्लेख छ ।

खनालको विभिन्न कम्पनीमा स्वामित्व रहेको पाइएको छ । जसमा पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टेल प्रालिमा १०० प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ ।

साथै बीपीडब्ल्यु माइक्रोफाइनान्समा २ हजार ५६० कित्ता र ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group