काठमाडौं, २९ चैत्र । उर्जामन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो ८ वटा बैंकमा ८० लाखभन्दा बढी नगद मौज्दात रहेको सम्पत्ति विवरण देखाएका छन् । विवरण अनुसार उनको काठमाडौंमा दुई वटा घर छन् ।काठमाडौंको वडा नम्बर २४ मा मन्त्री श्रेष्ठको आफ्नै नाममा र १३ नम्बर वडामा विकास श्रेष्ठको नाममा घर रहेको छ । पहिलो घर दुई आना र दोस्रो ४ आनामा फैलिएको विवरणमा जनाइएको छ । सगोलको सम्पत्ति बेचेर घर बनाएको उनले जनाएका छन् ।श्रेष्ठले काठमाडौंका ८ वटा बैंकमा कुल ८० लाख ४० हजार ११७ रुपैयाँ वचन गरेका छन् ।
त्यसमध्ये ६ वटा बैंकमा रहेको पैसाको स्रोत स्वआर्जन भनिएको छ । सिनर्जी कोअपरेटिभ लि. मा रहेको १५ लाख रुपैयाँ पैत्रिक र २५ लाख रुपैयाँ पैत्रिक/विवाह/स्वआर्जन भनिएको छ ।यस्तै उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । सुन चाँदीको स्रोतमा पैत्रिक र विवाह भनिएको छ । श्रेष्ठले आफूसँग १ करोड ४५ लाख भन्दा बढी मूल्यको २० हजार ९ सय ७८ कित्ता विभिन्न कम्पनीको सेयर रहेको उल्लेख गरेका छन् ।श्रेष्ठले बुवाबाट २० लाख रुपैयाँ, नबिल बैंकबाट गाडी खरिदका लागि ३० लाख रुपैयाँ र सिनर्जी कोपरेटिभबाट ३५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । हाल उनीसँग साढे ८ लाखमा किनेको ल्यान्डक्रुजर, २ लाख ४६ हजारमा किनेको स्कुटर र १९ लाखमा किनेको विद्युतीय गाडी छ । उनले आफूसँग ३० लाख मूल्य बराबरका ब्रान्डेड घडीहरु रहेको उल्लेख गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्