इस्लामाबाद : अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा भइरहेको शान्ति वार्ता दोस्रो दिन पनि जारी छ। ह्वाइट हाउसका एक उच्च अधिकारीले भनेका छन्, “वार्ता १५ घण्टा भइसक्यो र गणना अझै चलिरहेको छ।”
दुवै पक्षले वार्तालाई सकारात्मक वातावरण मा रहेको बताएका छन्। सुरुमा अलग–अलग कोठामा बस्ने तयारी थियो, तर अहिले प्रत्यक्ष छलफल सुरु भएको छ।

वार्तामा मुख्य विषयहरू:
- लेबनानमा इजराइलको आक्रमण रोक्ने
- इरानी सम्पत्ति फुकुवा गर्ने
- हर्मुज जलडमरुको शुल्क प्रणाली
- आणविक कार्यक्रम
इरानी टोलीले लेबनानमा इजराइलले बेरुतमा आक्रमण नगरी दक्षिणमा मात्र सीमित राख्ने समझदारी तर्फ प्रगति भएको संकेत गरेको छ।
वार्ता छोटो ब्रेकपछि डिनर मा पुनः सुरु हुँदैछ।
प्रधानमन्त्री शेहबाज शरिफले दुवै टोलीसँग अलग–अलग भेट गरेर पाकिस्तानले मध्यस्थताको भूमिका जारी राख्ने बताएका छन्।
के यो वार्ताले युद्धको अन्त्य ल्याउला ? इस्लामाबादबाट आउने अर्को अपडेटले नै थप स्पष्टता दिनेछ।







प्रतिक्रिया दिनुहोस्