ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ चैत्र २५–२०७५ वैशाख १ गतेसम्मको राशिफल


एबीसी न्यूज

मेष राशिः मेष राशिका लागि यो साता उन्न्तिकारक रहनेछ । काम बन्नुका साथै आर्थिक लाभ हुने देखिन्छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । धनको क्षेत्र सबल रहनेछ । भौतिक सुख सुविधा मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने छ । शत्रु पराजित हुने छन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

वृष राशिः वृष राशिका लागि साता अर्थकरी रहनेछ । आर्थिक वृद्धि हुनुका साथै व्यापार व्यवसायबाट पनि उल्लेख्य लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । कार्यलाभका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । सामाजिक कार्यमा रुचि जाग्नेछ । भूधन विशेष लाभदायक रहनेछ । व्यापार व्यवसायमा उन्नति हुनका साथै कार्यगर्ने उत्साह थपिनेछ । प्रेम जीवन सबल र सफल रहने छ । मित्रलाभका साथै स्वास्थ्य क्षेत्र सबल रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि साता मध्यम फलदायी रहनेछ ।मंगलबारसम्म कार्यमा बाधा रहनुका साथै शत्रु पक्ष पनि सबल रहने छन् । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । बुधबारबाट भने कार्यमा फलता प्राप्त हुँदै जनेछ । व्यापार व्यवसायबाट लाभ हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै अध्ययनमा पनि रुचि जाग्ने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता लाभदायी रहनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको प्राप्ति हुने छ । शत्रु निर्वल छन् । अध्ययनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भूमिबाट विशेष लाभ हुने छ । कला साहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि साता अर्थकरी रहनेछ । आर्थिक लाभका साथै बौद्धिक कार्यमा विशेष रुचि जाग्नेछ । व्यापार अर्थदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्नति हुनुका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । कार्य प्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग मिल्नेछ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि साता लाभदायी रहनेछ । आइतबार खर्चमा वृद्धि हुनेछ । सोमबारबाट समय उत्तम रहने देखिन्छ । साोचेका काम पूरा हुने छन् । मनमा कार्य गर्ने जोश जाँगर पलाउनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नेछ । लक्ष्मीवृद्धिको योग देखिन्छ । व्यापार व्यवसाय लाभदायी रहनेछ । विद्याको क्षेत्र सबल रहनुका साथै प्रेममा सफलता प्राप्त हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साताको उत्तराद्र्ध शुभ फलदायी रहनेछ । मंगलबारम्म शारीरिक आलश्यताका साथै कार्यमा पनि सुस्तता रहनेछ । शत्रु पक्ष पनि सबल रहने देखिन्छ । बुधबारबाट भने समय सुखद् बन्दै जानेछ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । धार्मिक कार्यमा विशेष अभिरुचि रहने छ । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता कर्मदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसामा वृद्धि हुनुका साथै बौद्धिकार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक साथ सहयोग रहनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने देखिन्छ । मंगल र बुधबार भने स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता सफल रहनेछ । पराक्रम बढ्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ । मित्रजनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । भौतिक पदार्थबाट विशेष लाभ हुने देखन्छ । आफन्तको सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यवसाय फलदायी रहनेछ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा पनि अवरोध रहन सक्ने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता उन्न्तिकारक रहनेछ । श्रीवृद्धिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । भूधन विशेष लाभदायी रहनेछ । शत्रु निर्वल देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । प्रेम जीवन सबल र सफल हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ । मित्र लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता कार्यदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । मंगलबारबाट सुधार हुँदै जानेछ । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । कर्मक्षेत्रका विशेष खट्नुपर्ने देखिन्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै व्यापार व्यवसायाट पनि विशेष लाभ हुने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता सुखद् रहनेछ । व्यापारमा वृद्धि हुनेछ । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनको क्षेत्र सबल देखिन्छ । आर्थिक वृद्धिका साथै कार्योन्नतिका अवसर प्राप्त हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मंगल र बुधबार भने स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com