ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ दिनपछि रिहा हुनुभयो ओली, अस्पतालमै आफन्तको जिम्मा लगाइयो


एबीसी न्यूज
चैत्र २६, २०८२ बिहीबार  ११ : ०८ बजे

काठमाडौं, चैत २६ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि प्रहरी नियन्त्रणबाट रिहा हुनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै आफन्तको जिम्मा लगाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालमै परिवारको जिम्मा लगाउने निर्णय गरिएको हो। अबको थप निर्णय चिकित्सकको सल्लाह र स्वास्थ्य अवस्थाको मूल्यांकनपछि हुने प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनमा दमन गर्न आदेश दिएको आरोपमा प्रहरीले उहाँलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा जटिलता देखिएसँगै उहाँ त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहनुभएको थियो।

यसैबीच, उहाँकी पत्नी राधिका शाक्य ले गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो।

सो निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो।

अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान पूरा हुन नसके शर्तसहित रिहा गर्नसमेत आदेश दिएको थियो। सोही आदेशअनुसार बिहीबार उहाँलाई रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ।

ओलीको रिहाइसँगै राजनीतिक वृत्तमा यस घटनाले नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल

सम्बन्धित

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

ओली–लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखराको सभागृहचोकमा महिलाको हत्या

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com