ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ को ७५ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ४ : १०   बजे

बुटवल, २५ चैत्र । प्रदेश नम्बर ५ को प्रदेशसभामा प्रदेश सरकारको पहिलो निती तथा कार्यक्रम प्रस्तुत भएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झाले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सरकारले तयार पारेको ७५ बुंदे निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख झाले संविधानले प्रदान गरेका कार्यहरु आरम्भ गर्नयतिवेला कानूनहरु र स्रोत तथा साधनको अपर्याप्तता रहेको बताउनुभयो ।

उहांले संविधानतः प्रदेश अन्तरगत आउनुपर्ने प्रशासन र विकासका सांगठनिक संरचनाहरु र आवश्यक जनशक्ति अहिलेसम्म केन्द्रबाट प्रदेशलाई हस्तान्तरण भइनसकेको बताउंदै संगठन संरचना र जनशक्तिको अभावमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने कुरामा थुप्रै कठिनाईहरु रहेका टिप्पणी गर्नुभयो ।

प्रदेश प्रमुख झाले प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रदेशको समग्र विकासमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइने उल्लेख गर्दै प्रदेशमा वस्तु र सेवा उद्योगको विकासको सम्भावना अत्यन्त राम्रो रहेको बताईएको छ । प्रदेशको समृद्धिको आधार पर्यटन व्यवसाय बन्ने निश्चित रहेको ठहर गर्दै निती तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास रणनीति अवलम्वन गर्ने बताईएको छ ।

एबिसी न्युजसंग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रदेश सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममा प्रतिपक्षहरुसंग सल्लाह नै नगरि तयार पारिएको भन्दै गुनासो गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रमको सत्तारुढ दलकै सांसदले बिरोध गरेकाछन् । माओबादी केन्द्रका सांसद ईन्द्र प्रसाद खरेलले निती तथा कार्यक्रम अमुर्त र पक्षपातपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।

प्रदेश सभाको आजको दोस्रो बैठकमा प्रदेशसभाले प्रदेश प्रमुखलाई धन्यबाद ज्ञापन गरेको छ । बैठकमा प्रदशे प्रमुख शंकर पोखरेलले सरकारको निती तथा कार्यक्रम टेवल गर्नुभएको थियो । निती तथा कार्यक्रममाथी भोलिबाट छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group