ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको बकैया खोलामा नियम विपरित ढुङ्गा बालुवा उत्खनन, प्रशासन मौन


admin


रौतहट, २५ चैत ।
रौतहट जिल्लाको बकैया खोलाबाट ब्यापक रुपमा मापदण्ड विपरित ढुङ्गा बालुवा उत्खन्न हुने गरेको छ ।

समन्वय समिति रौतहटका कर्मचारीहरुको मिलोमत्तोमा खोलाबाट नियम विपरित ढुङ्गा बालुवा र गिट्टी उत्खन्न गरेको हो । जिल्लाको उत्तर पश्चिममा पर्ने जंगलसहियाको पशुपति क्षेत्रको लाल बकैया खोलाबाट जिल्लाको विभिन्न स्थानको विकास निर्माण कामका लागि मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ ।

रौतहटको गुजरा नगरपालिका वाड ३ र ४ स्थित बकैया खोलाबाट ठेकेदारले आफुखुशी स्काभेटर प्रयोग गरी ढुङ्गा, गिटटी, बालुवा उत्खन्न गरिरहेको फेला परेको छ ।

जिल्ला समन्वय समिति रौतहटले स्थलगत अनुगमन नगरी नदीमा खोलाजन्य सामाग्री उत्खन्नका लागि जथाभावी स्काभेटर मेशिन सञ्चालनको अनुमति दिने गरेको पाइएको छ । जिल्ला समन्वय समितीले अनुमति दिएका भन्दा धेरै परिमाणको ढुङ्गा बालुवा खोलाबाट निकल्ने गरेको हो ।

जिल्ला समन्वय समितिले चैत मसान्त भित्र १ हजार घनमिटर ढुङ्गा बालुवा निकाल्ने अनिमति दिए पनि विगत एक महिना देखि दैनिक ५ सय घनमिटर बराबर निकाल्ने गरेको छ । ठेक्केदार प्रमोद यादवले अनुमति पाएको स्थानको विकास निमार्णको कामका लागि मात्रै नभएर अन्य क्षेत्रमा प्रयोग गर्नको लागि पनि सो बकैया खोलाबाट ढुङ्गा निकाल्ने गरेको हो ।

अन्य क्षेत्रमा प्रयोग हुने ढुङ्गा बालुवा लोड गरेवापतको ४ सय रुपैया प्रति टेक्टर लिने गरेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

गाउँलेले बारम्बार ठेक्केदारहरुलाई यहाँबाट गिट्टी, बालुवा नकाल्न भन्दा पनि बेवस्ता गरेका स्थानिय समाजसेवी युवराज ज्ञवालीले बताए । साथै ज्ञवालीले ठेकेदारले नियम विपरित बकैया खोलामा मेशिन प्रयोग गरेर ढुङ्गा, बालुवा र गिटटी उत्खन्न गर्दा वर्षायाममा हाम्रो गाउँ नै बाढीको चपेटामा पर्ने भएकोले जिल्ला समन्वय समिति र नगरपालिकाले समयमा नै ध्यान दिनु पर्ने बताए । नभए हामी जनता चुप लागेर नबस्ने र परिआए स्काभेटर र ट्रयाक्टरमा आगजानी गर्न पनि पछि नपर्ने ज्ञवालीले बताए ।

त्यस्तै, स्काभेटर बस्ती नजिकको खोलामा प्रयोगमा ल्याउनै नहुने साथै यसको प्रयोगले खोला हाम्रो गाउँ नै सिध्याउने भएकाले यसलाई तुरुन्त रोक्नु पर्ने स्थानिय बासिन्दा गुणराज मैनालीले बताए ।

जिल्ला समन्वय समितिले ढुङ्गा उत्खन्नको अनुमति दिए पनि नियमित अनुगमन नहुँदाँ मापदण्ड विपरित उत्खन्न कार्य भएको हो । ढुङ्गा बालुवा उत्खन्न गर्दा अधिकतम गहिराई ४सय मिटर, लम्बाई २ मिटर र चौडाई २० मिटर हुनुपर्ने समन्वय समितिको अनुमतिपत्रमा उल्लेख भए पनि त्यस्तो नभएको पाइएको छ । ठेक्केदारहरुले नियम बिपरित काम गर्दा पनि जिल्ला समन्वय समिति र स्थानीय प्रहरी प्रशासन मौन रहनुले उनीहरुको पनि संलाग्नता हो भन्ने कुरा पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com