ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सीमाक्षेत्र नजिक ठूलो परिमाणमा मदिरा बरामद, एक नेपाली र पाँच भारतीय पक्राउ


admin
चैत्र २५, २०७४ आईतबार   ३ : ०२   बजे


सप्तरी, २५ चैत ।
भारतीय सीमा क्षेत्र नजिकै भण्डारण गरिराखिएको झण्डै १० लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मदिरा शनिबार राति सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा बरामदसँगै प्रहरीले एक नेपालीसहित पाँच भारतीय नागरिक गरी ६ जनालाई पक्राउ समेत गरेको छ ।

भण्डारण गरिएको मदिरा मोटरसाइकलको प्रयोग गरि भारततर्फ मदिरा ओसार पोसार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा परिचालित टोलीले सप्तरीको बेल्ही चपेना गाउँपालिका बरदाही नाका क्षेत्रबाट मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्लाको बेल्ही चपेना गाउँपालिका ६ का ४० वर्षीय पुतुल सिंह भनिने सन्तोष कुमार सिंह, भारतको मधुवनी जिल्ला महादेवमण्ठ ग्राम पञ्चायतका २६ वर्षीय पवन यादव, भुतहा ग्राम पञ्चायतका मुकेश मण्डल, मधुवनी जिल्ला घडिया ग्राम पञ्चायतका २५ वर्षीय बिरेन्द्र साह, बेल्हा मझौरा ग्राम पञ्चायतका २८ वर्षीय बैजु मण्डल र छातापुर ग्राम पञ्चायतका २९ वर्षिय सुरेन्द्र यादव रहेका छन् ।

प्रहरी निरीक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट भारतीय नम्बर प्लेट भएका ६ वटा मोटरसाइकलका साथै भारततर्फ रातीको समयमा लुकिछिपी लिएर जाँदै गरेको करिब १० लाख मुल्य बराबरको मदिरा बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका मदिराहरुमा ड्राइगन बियर, भर्जिन, गोल्डेन वाक, दिलवाले, भोड्का ब्राण्ड लगायतका मदिरा छन् । पक्राउ परेका सबैलाई तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल र मदिरासहित आवश्यक कारवाहीका लागि आइतबारै राजविराज भन्सार कार्यालय बेल्ही चलान गरिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न नाका क्षेत्रमा कडा निगरानी थालिएपछि एकपछि अर्को सफलता मिल्दै गएको बताए ।

भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएकाले खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरु रातीको समयमा साइकल र मोटरसाइकलको प्रयोग गरि मदिरा सीमावर्ती भारतीय बजारमा पु¥याउने गरेको खुलेको छ । सो वापत तस्कारहरुले मदिराको खरी मुल्य भन्दा दोब्बर मूल्य भारतीय ब्यापारीहरुबाट पाउने गरेका छन् ।

केही दिनअघि पनि प्रहरीले कुनैली नाकाबाट भारततर्फ चोरी निकासी गरि लैजादै गरेको करिब १५ लाख मूल्य बराबरको चाइनिज स्याउ तथा पातो नाकाबाट २ लाख मूल्य बराबरको मदिरासहित आधा दर्जन तस्करहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group