ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)


एबीसी न्यूज
चैत्र १८, २०८२ बुधबार  २ : ५५ बजे

काठमाडौं, १८ चैत्र । नेकपा एमालेले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण मानेको छ। बुधबार बसेको एमाले जनसंगठनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा जेनजी पुस्ताको प्रभावले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको भन्दै हारका २० वटा मुख्य कारणहरू औँल्याएका हुन् ।

महासचिव पोखरेलले प्रस्तुत गरेको विश्लेषणअनुसार निर्वाचनमा एमालेसहितका परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो।नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको निष्कर्ष पार्टीले निकालेको छ।बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्ति र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामै ठूलो चुनौती खडा गरेको उल्लेख छ। पुराना दलहरूले लामो समय शासन गर्दा पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा सुधार नदेखिएपछि युवा पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको बुझाइ छ।

यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको धारणा विकास हुनुलाई पनि हारको एक प्रमुख कारण मानिएको छ। साथै, एमालेको आन्तरिक एकता कमजोर देखिएको र स्थिरता दिन सक्छ भन्ने विश्वासमा चोट पुगेको स्वीकार गरिएको छ। प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिटमात्रै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

हेटौंडामा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु

सम्बन्धित

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com