काठमाडौं, १६ फागुन । अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ। यस अवधिमा परिस्थिति झनै तनावपूर्ण बन्दै गइरहेको छ।
यसैबीच इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ। यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ। आक्रमणमा एक व्यक्ति घाइते भएका छन्।
यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो। हमलापछि अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै रहन र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्, किनकि प्लान्टमा खतरनाक रसायनहरू मौज्दात छन्।
इरानको उत्तरी क्षेत्रमा रहेको यो कारखानाले तेल र प्राकृतिक ग्यासबाट प्लास्टिक तथा अन्य आवश्यक रसायनहरू बनाउने काम गर्दछ, जुन दैनिक उपभोग्य धेरै सामानहरूमा प्रयोग हुन्छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, तब्रिज पेट्रोकेमिकलको एउटा प्लान्टलाई निसाना बनाइएको भएपनि अहिलेसम्म कुनै खतरनाक रसायन बाहिर फैलिएको छैन।
यसैबीच, इरानको संयुक्त सैन्य कमान्डका प्रवक्ताले अब अमेरिका र इजरायलका अधिकारीहरूको निजी निवास इरानका लागि ‘वैध लक्ष्य’ बनेको बताएका छन्। यो निर्णयको उद्देश्य पश्चिम एसियामा बसोबास गर्ने अमेरिकी र इजरायली सैन्य तथा राजनीतिक अधिकारीहरूलाई कडा चेतावनी दिनु रहेको छ।
यसैगरी, दक्षिण लेबनानको एउटा सहरमा इजरायलले गरेको हवाई हमलामा पाँचजनाको मृत्यु भएको छ। राष्ट्रिय समाचार एजेन्सीकाअनुसार हमलामा अन्य दुईजना घाइते भएका छन्।








प्रतिक्रिया दिनुहोस्