काठमाडौं: नेपालको राजनीतिमा ठूलो हलचल मच्चिएको छ। गत वर्ष सेप्टेम्बर २०२५ मा भएको जेन–जेड आन्दोलन को दमनमा लापरवाही गरेको आरोपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई शनिबार प्रहरीले पक्राउ गरेको छ। नयाँ प्रधानमन्त्री बालेन शाह ले शपथ ग्रहण गरेको भोलिपल्टै यो कदम चालिएको हो।
बालेन शाहले शपथ ग्रहण गरेको २४ घण्टाभित्रै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको छ। दुवै नेतालाई आपराधिक लापरवाही (culpable homicide) सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विदेशी मिडियाले यस घटनालाई विभिन्न कोणबाट कभर गरेका छन्।
द हिन्दु (The Hindu) ले लेख्यो : “नेपालको जेन–जेड विरोध प्रदर्शनमा भएको हिंसाको छानबिन गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अन्य उच्च अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ। आयोगले दुई दिनको प्रदर्शनमा कम्तीमा ७६ जनाको मृत्यु भएको र २५२२ जना घाइते भएको उल्लेख गरेको छ। ओली सरकारको पतन यस आन्दोलनपछि भएको थियो।” “Nepal’s former PM Oli arrested over deaths during Gen Z protests। प्रहरी प्रवक्ता ओम अधिकारीले केपी शर्मा ओली र उनको गृहमन्त्री रमेश लेखकको हिरासतको पुष्टि गरेका छन्। विरोध प्रदर्शनका क्रममा भएको हिंसाको जाँच गर्न गठित प्यानलले ओलीलाई प्रदर्शनमा भएको क्र्याकडाउन रोक्न असफल भएको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो।”

टाइम्स अफ इन्डिया (Times of India) ले रिपोर्ट गर्यो : “नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्रीलाई जेन–जेड प्रदर्शनको क्र्याकडाउनमा पक्राउ गरिएको छ। नयाँ प्रधानमन्त्री बालेन शाहको शपथग्रहणको एक दिनपछि यो पक्राउ भएको हो।”

हिन्दुस्तान टाइम्स (Hindustan Times) ले लेख्यो : “पूर्व नेपाल प्रधानमन्त्री केपी ओलीलाई जेन–जेड विरोध प्रदर्शनमा भएको मृत्युको घटनामा पक्राउ गरिएको छ। बालेन शाह, सुशिला कार्की लगायतका नाम पनि यस सन्दर्भमा जोडिएका छन्।”
आज तक (Aaj Tak) ले समाचार दियो : “केपी शर्मा ओली पक्राउ : नेपालमा जेन–जेड प्रदर्शनको मुद्दामा अनुसन्धान, बालेन शाहको चुनावी जित र राजनीतिक विकासक्रम।”

एनडीटीभी (NDTV) ले अपडेट गर्यो : “नेपाल जेन–जेड प्रदर्शन : केपी ओली र रमेश लेखक पक्राउ, प्रधानमन्त्री बालेन शाहको अनुसन्धान र कारबाही सम्बन्धी सबै अपडेट। “नेपालका पूर्व प्रधानमन्त्री केपी ओलीलाई १५ वर्षसम्मको जेल हुन सक्ने, Gen Z हिंसाको इन्क्वायरी रिपोर्टमा एक्शन।
रायटर (Reuters) ले विस्तृत रूपमा लेख्यो : “नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (७४ वर्ष) लाई शनिबार प्रहरीले हिरासतमा लिएको छ। उनीमाथि गत सेप्टेम्बरमा जेन–जेड प्रदर्शनका क्रममा दर्जनौं युवाको मृत्यु रोक्न नसकेको लापरवाहीको आरोप छ। आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबर खापुङलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। प्रदर्शनको पहिलो दिनमै गोली चल्दा कम्तीमा १९ जनाको मृत्यु भएको थियो।”

वायआईओएन (WION) ले रिपोर्ट गर्यो : “नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्रीलाई जेन–जेड प्रदर्शनको ‘सेप्टेम्बर हत्याकाण्ड’ मा पक्राउ गरिएको छ। नयाँ प्रधानमन्त्री बालेन शाहको शपथग्रहणको एक दिनपछि यो घटना भएको हो।”
अन्य अन्तर्राष्ट्रिय मिडिया (जस्तै ANI, Moneycontrol, The Statesman आदि) ले पनि यही घटनालाई मुख्य समाचार बनाएका छन्। उनीहरूले जोड दिएका मुख्य कुराहरू :

- पक्राउ बालेन शाह सरकारको पहिलो ठूलो कदम हो।
- आयोगको रिपोर्ट अनुसार गोली चलाउने औपचारिक आदेश नभए पनि रोक्न कुनै प्रयास नगरेको लापरवाही देखिएको छ।
- यो मुद्दामा १० वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ।
- ओलीको निवास गुन्डु (भक्तपुर) बाट बिहान पक्राउ गरिएको थियो भने लेखकलाई सूर्यविनायकबाट पक्राउ गरिएको थियो।
यो घटनाले नेपालमा युवा नेतृत्वको उदय र पुराना नेताहरूमाथि कानुनी कारबाहीको नयाँ अध्याय सुरु गरेको विदेशी मिडियाले विश्लेषण गरेका छन्।








प्रतिक्रिया दिनुहोस्