ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज


एबीसी न्यूज
चैत्र १२, २०८२ बिहीबार   ७ : ३२   बजे

काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ ।

यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराउनेछन् । कांग्रेसका समानुपातिकतर्फका सांसद केसीलाई राष्ट्रपतिले बुधबार शपथ गराएका थिए ।

प्रतिनिधिसभाको सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा अधिवेशन कहिले बोलाउने भन्ने निर्णय आगामी सरकारले गर्नेछ । संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिनेछन् ।

२४ भदौको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद् भवनमा तोडफोड र आगजनी भई क्षति भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा शपथ हुने उनले जानकारी दिए ।

निर्माणाधीन संसद् भवनकै एक हलमा प्रतिनिधिसभाको बैठक सञ्चालनको अस्थायी प्रबन्ध गरिएको छ ।‘प्रतिनिधिसभाको सभाकक्ष निर्माण सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा बैठकहरू बस्ने र सदस्यको शपथ गर्ने गरी एक महिनादेखि हामीले तयारी गरिरहेका छौं । सिटहरूको व्यवस्थापन भइसकेको छ । रोस्ट्रम, सभामुख, महासचिव, सचिवालय बस्ने ठाउँको पनि व्यवस्थापन गरिएको छ । केही काम भने बाँकी छ, भौतिक पूर्वाधारका काम सकिए पनि प्राविधिक पक्षको काम बाँकी छ,’ गिरीले भने, ‘सुरक्षा व्यवस्थापनको काम सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group