ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो


एबीसी न्यूज
चैत्र ११, २०८२ बुधबार  ८ : ३७ बजे

जेनजी आन्दोलनमा डिस्कर्ड निर्णायक : पेट्रोल बमदेखि प्रधानमन्त्री सिफारिससम्म

काठमाडौं, ११ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी (Gen Z) आन्दोलनमा डिस्कर्ड प्लेटफर्म मुख्य आयोजना केन्द्र बनेको जाँचबुझ आयोगले स्पष्ट पारेको छ । आयोगको प्रतिवेदनमा उल्लेख छ कि सुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शन डिस्कर्डमा भइरहेको हिंसात्मक छलफल, मिथ्या सूचना र रसायनिक बम योजना बन्दै उग्र बन्न पुग्यो ।

१. डिस्कर्ड : आन्दोलनको डिजिटल मुख्यालय

आयोगले मुख्य रूपमा दुई डिस्कर्ड सर्भरलाई आन्दोलनको ‘केन्द्र’ मानेको छ :

  • Youth Against Corruption (एडमिन : ‘हामी नेपाल’)
  • Youth Hub

यी दुई सर्भरमा भाद्र २३ र २४ गते १ लाख १४ हजारभन्दा बढी संवाद भएका थिए । डिस्कर्डमा भोटिङ मार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गर्ने जस्ता राजनीतिक निर्णयहरू समेत भएका थिए ।

आयोगले लेखेको छ : “सुरुमा भिडियो गेम खेल्नेहरूका लागि बनाइएको यो प्लेटफर्म अहिले राजनीतिक तथा सामाजिक आन्दोलन संगठित गर्न विश्वव्यापी रूपमा प्रयोग हुन थालेको छ ।”

२. घटनाक्रमको डिजिटल समयरेखा

भाद्र २३ गते (शान्तिपूर्णबाट हिंसातर्फ)

  • बिहान विद्यार्थीहरू युनिफर्ममा माइतीघरमा भेला भए ।
  • बानेश्वर निषेधित क्षेत्र तोडिएपछि प्रहरीसँग झडप भयो ।
  • प्रहरी गोलीकाण्डमा २२ जनाको मृत्यु भयो ।
  • अपराह्नदेखि डिस्कर्डमा मोलोटोभ ककटेल (पेट्रोल बम) बनाउने योजनाहरू सुरु भए ।

भाद्र २४ गते (विनाश र आगजनी)

  • कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए ।
  • शीर्ष नेताहरूको घर, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री क्वार्टर, प्रहरी कार्यालय र व्यापारिक प्रतिष्ठानमा आगजनी भयो ।

३. आगजनीमा रसायनिक प्रयोगको आशंका

आयोगले आगजनीको गति र तीव्रता हेर्दा साधारण पेट्रोल मात्र नभई घातक रसायन प्रयोग भएको संकेत गरेको छ :

  • मोलोटोभ ककटेल : डिस्कर्डमा ३५६ पटक चर्चा भयो ।
  • सोडियम मेटल र नेपाल्म : डिस्कर्ड संवादमा सूत्रहरू आदानप्रदान भएको पाइयो ।
  • संसद् भवन र अन्य संरचनामा अत्यन्त छोटो समयमा आगो फैलिनुले सोडियम वा म्याग्नेसियम जस्ता प्रज्वलनशील रसायन प्रयोग भएको हुन सक्ने आयोगको अनुमान छ ।

४. मुख्य निशाना

  • शीर्ष नेताका निवास : पुष्पकमल दाहाल (ढोलाहिटी), शेरबहादुर देउवा (बुढानीलकण्ठ), केपी शर्मा ओली (बालकोट) लगायतका घरमा आगजनी र तोडफोड ।
  • सरकारी संरचना : संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री क्वार्टर ।
  • अन्य : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (जिलेटिनसहित आक्रमण प्रयास), भाटभटेनी सुपर स्टोर, हिल्टन होटल जस्ता व्यापारिक केन्द्र ।

५. मिथ्या सूचना र घुसपैठको जोखिम

  • डिस्कर्डमा “होस्टलमा बलात्कार भएको”, “मृत्यु संख्या बढाइचढाइ” जस्ता मिथ्या सूचना व्यापक रूपमा फैलाइयो ।
  • यस्ता अफवाहले भीडलाई थप उत्तेजित बनाएको आयोगले ठहर गरेको छ ।
  • आन्दोलनकारी स्वयंले पनि “राजनीतिक दलका कार्यकर्ता र स्वार्थ समूहको घुसपैठ हुन सक्छ” भन्ने आशंका व्यक्त गरेका थिए ।

आयोगको निष्कर्ष : डिस्कर्ड जस्ता अनियन्त्रित डिजिटल प्लेटफर्मले आन्दोलनलाई शान्तिपूर्णबाट हिंसात्मक मोडमा पुर्‍याएको छ । आयोगले सामाजिक सञ्जालको प्रभावकारी नियमन, दुष्प्रचार पहिचान प्रणाली र डिजिटल साक्षरता कार्यक्रमलाई तत्काल लागू गर्न सिफारिस गरेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com