ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ८, २०८२ शुक्रबार   ८ : १९   बजे

नवलपुर । एबीसी टेलिभिजनको ‘इलेक्शन एक्सप्रेस’ टोली यतिबेला नवलपुर क्षेत्र नम्बर १ मा पुगेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनताका बीचमा एजेन्डा लिएर घरदैलोमा व्यस्त छन्। यही क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लोक प्रसाद भुर्तेलसँग गरिएको कुराकानीमा उनले चुनावी अभियान तीव्र र उत्साहजनक रहेको दाबी गरेका छन्।

भुर्तेलले जनताको प्रतिक्रिया आफ्नो पक्षमा रहेको उल्लेख गर्दै देशको दीर्घ राजनीतिक अस्थिरताले जनतामा असन्तुष्टि बढाएको बताए। “राजतन्त्र हटाएर गणतन्त्र आयो, बोल्ने–लेख्ने अधिकार आयो, तर जनजीविकामा अपेक्षित सुधार भएन,” उनले भने, “त्यसैले जनता असन्तुष्ट छन्, हामीसँग पनि प्रश्न गर्छन्, तर हामी सचिएर अगाडि बढेका छौं।”

“पुराना शरीर, नयाँ विचार”

प्रतिस्पर्धी दलहरूबाट ‘पुरानो नेतृत्व’ भन्ने आरोप लाग्ने गरेको सन्दर्भमा उनले विचार नै मुख्य कुरा भएको जिकिर गरे। “शरीर पुरानो हुन सक्छ, तर विचार नयाँ छ,” उनले भने, “हामी जनताको विश्वास पुनः जित्न मैदानमा छौं।”

जनयुद्ध, शान्ति प्रक्रिया र त्यसपछिका राजनीतिक उतार–चढावबारे प्रश्न उठ्दा उनले विगतका कमजोरी स्वीकार्दै अहिले सुधारिएको सोचका साथ अघि बढेको दाबी गरे। “कमजोरी भएका छन्, तर अब चोखो ढंगले काम गर्ने प्रतिबद्धता छ,” उनको भनाइ थियो।

नवलपुर–१ को भूगोल र चुनौती

नवलपुर–१ मा ५२ वटा वडा छन्, जसमध्ये केही पहाडी र दुर्गम भूभागमा पर्छन् भने बाँकी तराई क्षेत्रमा छन्। गैँडाकोट, बुलिङटार र देवचुली क्षेत्रका पहाडी वडाहरूमा पूर्वाधार अभाव, सिँचाइ समस्या र रोजगारी संकट प्रमुख चुनौतीका रूपमा देखिएको भुर्तेलको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व पनि गम्भीर समस्या बनेको उनले बताए। “तटबन्ध, तारजाली र दीर्घकालीन व्यवस्थापनमार्फत द्वन्द्व न्यूनीकरण गर्ने योजना छ,” उनले स्पष्ट पारे।

रोजगारी र अर्गानिक मल उत्पादनको योजना

रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै भुर्तेलले वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणसँगै अर्गानिक मल उत्पादनको योजना अघि सारे। उनका अनुसार वनका पातपतिङ्गा संकलन गरी जैविक मल उत्पादन गर्दा डढेलो घट्ने, वातावरण जोगिने र हजारौं युवाले रोजगारी पाउने सम्भावना छ।

“हजारौं टन अर्गानिक मल उत्पादन गरेर अरबौंको अर्थतन्त्र निर्माण गर्न सकिन्छ,” उनले भने, “यसले रासायनिक मलमा निर्भरता घटाउँछ र कृषकलाई सघाउँछ।” उनले आफूले व्यक्तिगत रूपमा पनि अर्गानिक खेती गर्दै आएको दाबी गरे।

विकासको नयाँ परिभाषा

भौतिक पूर्वाधार मात्र विकास नभई नागरिकको आम्दानी वृद्धि नै वास्तविक विकास भएको उनको भनाइ छ। “मान्छेको गोजीमा पैसा पुगेपछि मात्र उसले विकास अनुभूति गर्छ,” उनले भने, “कृषि, पर्यटन र साना उद्योग प्रवर्द्धनमार्फत आयस्तर बढाउने लक्ष्य छ।”

चुनावी अंकगणित

अघिल्लो निर्वाचनको तुलनामा यसपटक मत र सिट दुवै बढ्ने उनको दाबी छ। “जित्ने हामी नै हौं, दोस्रो को हुने भन्ने प्रतिस्पर्धा चलिरहेको छ,” उनले आत्मविश्वास व्यक्त गरे।

चुनावी प्रतिस्पर्धामा ‘हावाको राजनीति’ र पैसाको प्रभावबारे प्रश्न गर्दा उनले मतदाता पहिलेभन्दा सचेत भएको बताए। “जनता अब प्रभावित हुँदैनन्, खान्छन् तर भोट विवेकले हाल्छन्,” उनले भने।

नवलपुर–१ मा चुनावी सरगर्मी बढ्दो छ। प्रमुख दलहरू आ–आफ्ना एजेन्डा र प्रतिबद्धता लिएर मतदातासँग जोडिन खोजिरहेका छन्। अब अन्तिम निर्णय भने मतदाताको हातमा छ—नयाँ विश्वास कसलाई दिने भन्ने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group