ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ


एबीसी न्यूज
फाल्गुन ८, २०८२ शुक्रबार  ७ : ४३ बजे

काठमाडौ, ८ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए। उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले फागुन ६ गते राति ११ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं। १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. भन्ने राम मिजारलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।

उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।

यसअघि बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । उम्मेदवार हरिजनले आफूहरू रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जना युवाहरूको समुहले आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com