काठमाडौं, ७ फागुन । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।एभरेस्ट होटल बानेश्वरमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेका छ।
सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन्। कार्यक्रममा सर्लाही ४ का अमेरशकुमार यादव, काभ्रे १ का अमित तामाङ, ओखलढुङ्गाकी अस्मिता थापा, सोलुखुम्बुकी कल्पना राई, ताप्लेजुङका क्षितिज थेबे, मकवानपुर १ का महेश बर्तौला,डोटीका दिपक धामी लगायत उम्मेदवार सहभागी छन्। घोषणापत्र सार्वजनिक कार्यक्रम अहिले जारी छ।







प्रतिक्रिया दिनुहोस्