काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो ।कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ ।त्यसअघि कांग्रेसले उक्त पत्र पार्टी बैठकबाट पारित गरेको हो ।








प्रतिक्रिया दिनुहोस्