ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनवाङमा प्रचण्ड भावुक : ‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति यहीँ बनेको थियो’


एबीसी न्यूज
फाल्गुन २, २०८२ शनिबार  १ : २७ बजे

रुकुम पूर्व, फागुन – नेकपा ( तत्कालीनमाओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनवाङ पुग्दा पुरानो क्रान्तिकारी इतिहास र व्यक्तिगत सम्झनाले भावुक बने । शनिबार भेडीडाँडा पुगेर उनले आफू र पत्नी सीता दाहाल बसेको पुरानो कोठा, छोरा प्रकाश दाहाल र अन्य सहयोद्धा बसेका घरहरूको अवलोकन गरे । सीता र प्रकाश दुवैको निधन भइसकेकाले प्रचण्ड निकै विह्वल देखिए । आँसु थाम्न नसकेर उनी केहीबेर गीत गुनगुनाउँदै भावुक भए । स्थानीय कार्यकर्ता र मतदातासमेत स्तब्ध बने ।

‘नेपाली क्रान्तिमा उहाँहरू (सीता र प्रकाश) को योगदान र यो भूमि (चुनवाङ) को महत्व मेरो जीवनमा सधैं अमिट रहन्छ,’ प्रचण्डले भावुक हुँदै भने ।

चुनवाङ नेपाली राजनीतिमा युद्धबाट शान्तितर्फ फर्कने साक्षी गाउँ हो । २०६२ असोजमा तत्कालीन माओवादीको केन्द्रीय समिति बैठक यहीँ बसेको थियो । त्यही बैठकले ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौं’ नारा अघि सार्दै सात राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो । प्रचण्डले भने, “यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइयो । अर्कोतिर सात दलसँग शान्ति वार्ता गर्ने निर्णय पनि यहीँ भयो । चुनवाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्‍यायो ।”

उनले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’ भने । “यो जिल्लाले नेपालको आमूल परिवर्तनमा गौरवशाली इतिहास रचेको छ,” उनले मतदाता भेटघाटका क्रममा भने ।

प्रचण्ड फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार छन् । तीन दिनदेखि जिल्लामा मतदाता भेटघाट गरिरहेका छन् । शनिबार चुनवाङपछि गैरीगाउँ र पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा पुग्ने कार्यक्रम छ ।

चुनवाङ बैठकको ऐतिहासिक महत्व

  • बैठकले माओवादीको केन्द्रीय समितिलाई ९५ बाट ३५ सदस्यमा झारेको थियो ।
  • १२ बुँदे समझदारी र शान्ति सम्झौताको आधार तयार पारेको थियो ।
  • राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्थानविन्दु मानिन्छ ।

प्रचण्डको यो भ्रमणले जेनजी आन्दोलनपछि राजनीतिक विभाजन र पुरानो क्रान्तिकारी विरासतबीचको द्वन्द्वलाई फेरि उजागर गरेको छ । मतदाताले उनको भावुकता र इतिहाससँगको सम्बन्धलाई कसरी लिन्छन्, फागुन २१ मा थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com