ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार   ८ : १४   बजे

काठमाडौँ – आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले मुलुकलाई चुनौतीपूर्ण परिस्थितिबाट उकास्ने जिम्मेवारी कांग्रेसले मात्र सम्हाल्न सक्ने दाबी गरेका छन्। मंगलबार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ। कुनै उत्तेजना, झगडा वा घृणा नफैलाएर सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामर्थ्य कांग्रेससँग मात्र छ।”

सभापति थापाले बीपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै वर्तमान राजनीतिक चुनौतीसँग तुलना गरे। “२०३३ सालमा बीपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो। आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ,” उनले भने।

थापाले नागरिकमा राज्य संस्थाप्रति बढ्दो अविश्वासलाई स्वीकार गर्दै मुख्य एजेन्डा भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिए। उनका अनुसार, “नागरिक रिसाएका छन् किनभने उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्। नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ।”

प्रतिज्ञापत्रको प्रस्तुति: काम देखाउने प्रतिबद्धता

सभापति थापाले यस वर्षको निर्वाचनमा कांग्रेसले घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउने घोषणा पनि गरे। उनका शब्दमा, “फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्। भाषण होइन, काम गरेर देखाइन्छ।”

थापाले प्रत्येक महिनाको पहिलो दिन सरकारको कामको समीक्षा गर्ने पारदर्शी मूल्यांकन प्रणाली लागू गर्ने योजना प्रस्तुत गरे। “एक–एक महिनामा कामको मूल्यांकन हुनेछ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइनेछ। समय छ, तर उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता आवश्यक छ,”उनले बताए।

युवाहरू र आमाको अनुहारमा मुस्कान ल्याउने सपना

सभापति थापाले उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै यसको जिम्मेवारी आफूले लिने बताएका छन्। तर त्यसका लागि जनताको सकारात्मक सहभागिता र समर्थन आवश्यक रहेको बताए। उनले थपे, “हामी सपना बोकेर आएका छौँ। देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौं, युवालाई भरोसा दिन चाहन्छौं र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौं। त्यसका लागि जनताको साथ आवश्यक छ।”

थापाले यो अभियानमा नेतृत्वको जोखिम र व्यक्तिगत प्रतिबद्धता पनि स्पष्ट पारे। उनका अनुसार, युवाहरूका लागि आफ्नो जिम्मेवारी बहादुरीपूर्वक सम्हाल्ने प्रेरणा कांग्रेसको मूलधारा हो।

विश्लेषकहरूले यसलाई नेतृत्वद्वारा तथ्यमा आधारित प्रतिज्ञा र पारदर्शी सरकारी व्यवस्थापनको संकेतको रूपमा मूल्याङ्कन गरेका छन्। गगन थापाको सम्बोधनले पार्टीलाई केवल चुनावी प्रतिस्पर्धामा मात्र केन्द्रित नराखी, भ्रष्टाचार, जनविश्वास र नागरिक सहभागिताको संवर्धनमा जोड दिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group