ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार  ९ : ४७ बजे

काठमाडौं, २७ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो राखेको छ । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई भनेको छ ।

सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही आएको मौकामा लामिछानेले रुपन्देहीका ५ निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरुलाई सम्बोधनसमेत गरेका थिए । त्यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरेका थिए ।तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ‘निर्वाचन आचारसंहिता विपरीत’ कार्यक्रम नगर्न भनेको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले जारी गरेको सूचनामा लेखिृएको छ, ‘‘मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गर्छौं : रास्वपा नेता खनाल

लामिछानेले मंगलबार नवलपरासी पश्चिमका दुई निर्वाचन क्षेत्रमा सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका छन् ।

रास्वपा नेता एवं नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गरिने बताए ।

झण्डा प्रयोग नगरी मतदाता र कार्यकर्तालाई अभिभावादन गर्ने गरी कार्यक्रम गरिने उनको भनाइ छ ।

‘अरु दलले पनि गरेकै छन्, रास्वपाले गर्न नपाउने भन्ने हुँदैन,’ खनाल भन्छन् ।

रुपन्देहीमा अचारसंहिता उल्लंघन भएरनभएको अनुगमन गर्ने

लामिछानेले सोमबार रुपन्देहीमा चुनाबी सभा शैलीमै भाषण गर्दै हिँडेको आरोप छ । उनलाई रोड सोमात्रै गर्ने गरी अनुमति प्रदान गरेपनि उनले विभिन्न स्थानमा सभा गर्दै चुनावी भाषण गरेका थिए ।

उनले रुपन्देहीका देवदह खैरेनी, बुटवल, योगीकुटी, शान्तिचोक, भैरहवा, छपिया, फर्साटिकर, मर्चवारमा भाषण गरेका थिए । उनले यी सभाहरुमा सहभागी भएका स्थानीयसँग रास्वपा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका थिए ।

जबकी निर्वाचन कार्यालयले उनलाई सडकमा परिचय गर्न र भेटघाट गर्नका लागि मात्रै अनुमति दिएको थियो ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले विभिन्न स्थानमा परिचयात्मक भेटघाट गर्ने र सभा तथा सम्बोधन नगर्ने गरी लामिछानेलाई अनुमति दिएको बताए । उनले दलहरुले आचारसंहिता उल्लंघन गरेरनगरेको अनुगमन गर्ने र त्यसअनुसार कारबाही समेत गर्ने बताए ।

निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा निर्वाचन कार्यालयले अनुमति दिँदा नै चुकेको रुपन्देही ३ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले बताए । ‘दलहरुले फागुन ४ गतेपछि मात्रै चुनावी सभा गर्न पाउने कार्यतालिका छ तर सरकारको नेतृत्व र मातहतका सम्बन्धित निकायले निश्चित दललाई आचार संहिता विपरीतका गतिविधि गर्दा पनि नजरअन्दाज गरेको छ, यसमा हाम्रो आपत्ति छ’ अलीले भने ।

फागुन ४ देखि १८ गतेसम्म पाइन्छ सभा, जुलुस गर्न

निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।

निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्‍याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो ।

निर्वाचन आचार संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्‍याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी बताउँछन् ।

प्रचारका लागि तोकिएको अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ ।

आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ । त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ ।

आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ । अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com