काठमाडौं, २२ माघ । सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवारी दिएका अमरकान्त चौधरीसहितका ९ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीसहितकाले मिलेमतो गरी भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको हो।
आयोगले गत मंगलबार डाक्नेश्वरी नगरपालिकामा पत्राचार गर्दै उनीहरुलाई उपस्थित गराई दिन भनेको छ। पत्रअनुसार सोही नगरपालिका–५ स्थित श्रीकान्त चन्ऽ नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीसहितकालाई शुक्रबार १० बजे आयोगको अनुसन्धान शाखा नं. ४(ख)मा उपस्थित गराइदिन भनिएको छ।
अमरकान्त पूर्वसांसद चन्द्रकान्त चौधरीका छोरा हुन्। तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा०बाट राजनीतिमा लागेका अमरकान्त पछिल्लो समय रास्वपामा प्रवेश गरेर यसबाट उम्मेदवारी दिएका हुन्।
अमरकान्तसहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु रामसागर मण्डल, सतेन्द्रकुमार मण्डल, रुञ्चीदेवी सदा, कविता सिंह, श्यामलादेवी मण्डल, दुखरण मण्डल, सुभाषकुमार साह र योगेन्द्रप्रसाद मेहता छन्।








प्रतिक्रिया दिनुहोस्