काठमाडौं, २२ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ ।पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।ओली निकट स्रोतका अनुसार, उनी बिहान करिब ९ बजेपछि बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका हुन् ।‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो । उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले भन्यो ।








प्रतिक्रिया दिनुहोस्