ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा


एबीसी न्यूज
माघ १८, २०८२ आईतबार  १२ : ३८ बजे

बैतडी, १८माघ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सुदूरपश्चिम प्रदेशको बैतडीमा प्रतिस्पर्धा झन् चर्किएको छ। लगातार तीन पटक निर्वाचित भई ‘ह्याट्रिक’ पूरा गरेका नेकपा एमालेका दामोदर भण्डारी चौथोपटक जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। भण्डारी पछिल्लो समय मन्त्रीसमेत भइसकेका नेता हुन्।

एमालेको जित रोक्ने उद्देश्यसहित नेपाली कांग्रेसले जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत हुन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी उम्मेदवार छन्। यी चार उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

चुनावलाई थप रोचक बनाउने तथ्य के छ भने, नेकपाबाट उम्मेदवार बनेका परमानन्द भट्ट बैतडीका एमाले संस्थापक नेता हुन्। उनी एमालेबाटै पूर्व जिल्ला विकास समिति (जिविस) प्रमुखसमेत भइसकेका छन्। अर्कोतर्फ रास्वपाबाट उम्मेदवारी दिएका हरिमोहन भण्डारी कांग्रेसका पुराना नेता हुन्। २०७९ को निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका उनले त्यतिबेला ११ हजार मत ल्याएका थिए।

चारै दलका उम्मेदवार चुनावी प्रचारमा सक्रिय भइसकेका छन्। उनीहरू हाल घरदैलो अभियानमा व्यस्त छन्। एमाले बैतडीमा आफ्नो परम्परागत दबदबा कायम राख्ने लक्ष्यमा छ भने कांग्रेस र नेकपाले बलियो संगठनको आधारमा परिणाम उल्ट्याउने दाबी गरिरहेका छन्। रास्वपाले भने जितसहित नयाँ इतिहास कोर्ने लक्ष्य लिएको जनाएको छ।

आ–आफ्नै दाबी

२०७९ को निर्वाचनमा एमाले उम्मेदवार भण्डारीले ३३ हजार ६११ मत ल्याएर जित निकालेका थिए। पाँच दलीय गठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका थिए। भण्डारीले पाँच दल एक ठाउँ हुँदा पनि आफूले जितेको स्मरण गराउँदै यसपटक जित सुनिश्चित भइसकेको दाबी गरेका छन्।

कांग्रेस उम्मेदवार चन्दले भने एमालेको लामो शासनकालमा बैतडीले अपेक्षित विकास नपाएको भन्दै मतदाताले परिवर्तन चाहेको बताएका छन्। लामो समयपछि कांग्रेस आफ्नै चुनाव चिन्हमा चुनाव लड्न पाएकाले जित सुनिश्चित रहेको उनको दाबी छ।

नेकपा र रास्वपाका उम्मेदवारहरूले पनि जनताले यसपटक परिणाम उल्ट्याउने विश्वास व्यक्त गर्दै आएका छन्। २०७४ पछि पहिलोपटक प्रतिनिधिसभामा आफ्नै उम्मेदवार पाएको कांग्रेस थप हौसिएको छ। बागी उम्मेदवार तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएपछि पार्टीलाई राहत मिलेको कांग्रेसको बुझाइ छ।

बैतडी कांग्रेसका जिल्ला सचिव प्रेम चन्दका अनुसार चतुरबहादुर चन्द जिल्लामा परिचित, सक्षम र लोकप्रिय नेता हुन्। ‘क्यानमा देखाएको कार्यसम्पादनले उहाँको क्षमता प्रमाणित भइसकेको छ,’ उनले भने, ‘त्यसैले मतदाताले उहाँलाई रोज्नेछन्।’

एमाले केन्द्रीय सदस्य गोविन्द गिरिले भने जिल्लामा एमालेको संगठित शक्ति नै जितको बलियो आधार भएको दाबी गरे। ‘कांग्रेस र माओवादी एक ठाउँ हुँदा पनि हामीले चुनाव जित्यौँ,’ उनले भने, ‘भण्डारीले सांसद र मन्त्री हुँदा गरेका विकासका काम नै पर्याप्त छन्।’ १३ वर्षमा बैतडीको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन आएको र त्यसको मुख्य श्रेय भण्डारीलाई जाने उनको भनाइ छ।

एमालेका भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट संसद् प्रवेश गरेका थिए। त्यसयता २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जित्दै उनले लगातार तीन कार्यकाल पूरा गरिसकेका छन्। उनी एकपटक अर्थराज्यमन्त्री र तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्।

उता, एमाले पृष्ठभूमिकै नेता उतारेको नेकपाले पुरानो माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठन एकीकृत गर्दै गाउँगाउँमा अभियान चलाइरहेको छ। ‘सैद्धान्तिक मतकै बलमा हामी जित नजिक छौँ,’ नेकपाका नेता नरेन्द्र कुँवरले दाबी गरे।

रास्वपाले पनि बैतडीको राजनीतिमा परिचित अनुहार उतार्दै युवामाझ बढ्दो आकर्षणलाई आफ्नो शक्ति ठानेको छ। पार्टीका कार्यक्रममा उल्लेख्य उपस्थिति देखिन थालेको र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बैतडी पुग्दा देखिएको भीडले पुराना दललाई झस्काएको रास्वपाको भनाइ छ। ‘यसपटक बैतडीमा नयाँ इतिहास कोरिन्छ,’ रास्वपाका नेता भोजराज जोशीले दाबी गरे।

केही दिनअघि पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार हरिमोहन भण्डारीले आफूलाई टक्कर दिने प्रतिस्पर्धी नै नभएको भन्दै एकतर्फी जित निकाल्ने दाबी गरेका थिए।

बैतडीको चुनावी मैदानमा यी चार मुख्य उम्मेदवारसहित कुल ११ जना छन्। १० जना विभिन्न दलका उम्मेदवार हुन् भने एक जना स्वतन्त्र उम्मेदवार छन्। अन्य उम्मेदवारमा राप्रपाबाट भूपेनबहादुर चन्द, जसपा नेपालबाट आनसिंह भण्डारी, नेमकिपाबाट नवराज कोइराला, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेकपा माओवादीबाट रामबहादुर कुँवर र आम जनता पार्टीबाट विसनसिंह बोहरा छन्। स्वतन्त्रतर्फ जयप्रकाश बोहराले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली

पत्रकार दिनेश सिटौलाको निधन

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com