ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यारामोटर उडाउने सरोज चेपाङलाई मुख्यमन्त्रीको हौसला


admin

चितवन, २३ चैत । प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गर्नुभएको छ ।

चेपाङले निर्माण गर्न लागिएको मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पैसाको अभावमा कुनै काम नरोकिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भरतपुरमा आज सरोजसँग भेट गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “तपाईंमा क्षमता छ, नआत्तिनुस्, निर्र्धक्क भएर काम गर्नुस्, पैसाको कारणले काम रोकिँदैन ।”

चितवन उद्योग संघको आयोजनामा आजदेखि शुरु औद्योगिक प्रदर्शनीमा सहभागी हुन मुख्यमन्त्री पौडेल चितवन आउनुभएको थियो । प्रदर्शनीको उद्घाटन समारोह सकिएपछि उहाँले चेपाङसँग भेट गर्नुभएको हो । प्रदर्शनीमा चेपाङको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको छ ।

सो क्रममा प्रदेश नं ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले प्रतिभाको प्रशंसा गर्दै आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा सरोज चेपाङले भन्नुभयो, “हजुरहरु सबैले सहयोग गर्नुहोला, मसँग पैसा छैन ।” उहाँले पैसा भए मिनी एयरक्राफ्ट चार महिनामा उडाएर देखाउने दाबीसमेत गर्नुभयो ।

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीका सरोजले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर चैत ४ गते उडाउनुभएको थियो । ६ कक्षासम्म मात्रै अध्ययन गर्नुभएका सरोजले एक महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरिएको बताउनुभयो ।

प्यारामोटर निर्माण गर्न उहाँले मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लज, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरिएको थियो ।

परीक्षणस्वरुप सरोजले उडाएको प्यारामोटर ४० मिनेटसम्म आकाशमै घुमेको थियो । आर्थिक अभावका कारण मिनी एयरक्राफ्ट निर्माणमा समस्या भएको उनकी आमा लीला प्रजाले बताउनुभयो । सरोज अहिले चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा प्यारामोटर र निर्माणाधीन मिनी एयरक्राफ्ट लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com