ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


एबीसी न्यूज
माघ ७, २०८२ बुधबार  ९ : ०१ बजे

काठमाडौं, ७ पुस । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीपछि भोलि बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । नाम फिर्ता लिन र दाबी विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

हिजो देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com