ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उमेदवार मनोनयन गर्न जादा कस्ता कागजातहरु चाहिन्छन??


एबीसी न्यूज


काठमान्डौ माघ ५,
निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन भोलि मंगलबार हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ।

उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो। यसपटक आयोगले ुअन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्साु पनि अनिवार्य गरेको छ। यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ।

उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन्। प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ। प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ।

राजनीतिक दलका उम्मेदवारका लागि सम्बन्धित दलको आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र चाहिन्छ। स्वतन्त्र उम्मेदवारका लागि भने व्यक्तिगत विवरण र ुस्वघोषणाु पत्रलाई मात्रै अनिवार्य गरिएको छ। उम्मेदवारले आफू कुनै पनि लाभको पदमा नरहेको र फौजदारी अभियोग नलागेको स्वघोषणा पर्छ।

पछिल्लो समय पारदर्शिताको प्रश्न उठ्न थालेपछि आयोगले सम्पत्ति विवरणमा पनि कडाइ गरेको छ। उम्मेदवारले मनोनयन दर्ताकै बखत आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ। ुकागजात अपुरो भएमा जतिसुकै पहुँचवाला नेता भए पनि निवेदन दर्ता हुँदैन,ु अयोग स्रोतले भन्यो।

प्रतिनिधि सभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ। यो रकम बैंकमा जम्मा गरेको भौचर वा निर्वाचन अधिकृतको कार्यालयमा नगद बुझाएको रसिद अनिवार्य गरिएको छ। बैंकको लामो लाइन र प्रक्रियाले गर्दा अन्तिम समयमा उम्मेदवारी दर्ता गर्नेहरूलाई भौचर व्यवस्थापन गर्न सकस हुन सक्छ तर यो अनिवार्य हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com