ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उमेदवार मनोनयन गर्न जादा कस्ता कागजातहरु चाहिन्छन??


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार   ७ : ३१   बजे


काठमान्डौ माघ ५,
निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन भोलि मंगलबार हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ।

उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो। यसपटक आयोगले ुअन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्साु पनि अनिवार्य गरेको छ। यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ।

उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन्। प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ। प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ।

राजनीतिक दलका उम्मेदवारका लागि सम्बन्धित दलको आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र चाहिन्छ। स्वतन्त्र उम्मेदवारका लागि भने व्यक्तिगत विवरण र ुस्वघोषणाु पत्रलाई मात्रै अनिवार्य गरिएको छ। उम्मेदवारले आफू कुनै पनि लाभको पदमा नरहेको र फौजदारी अभियोग नलागेको स्वघोषणा पर्छ।

पछिल्लो समय पारदर्शिताको प्रश्न उठ्न थालेपछि आयोगले सम्पत्ति विवरणमा पनि कडाइ गरेको छ। उम्मेदवारले मनोनयन दर्ताकै बखत आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ। ुकागजात अपुरो भएमा जतिसुकै पहुँचवाला नेता भए पनि निवेदन दर्ता हुँदैन,ु अयोग स्रोतले भन्यो।

प्रतिनिधि सभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ। यो रकम बैंकमा जम्मा गरेको भौचर वा निर्वाचन अधिकृतको कार्यालयमा नगद बुझाएको रसिद अनिवार्य गरिएको छ। बैंकको लामो लाइन र प्रक्रियाले गर्दा अन्तिम समयमा उम्मेदवारी दर्ता गर्नेहरूलाई भौचर व्यवस्थापन गर्न सकस हुन सक्छ तर यो अनिवार्य हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group