काठमाडौं, ५ माघ । बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा भएको हो । मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल हिजो बेलुकी स्थानीय समयअनुसार पौने ७ बजे पटरीबाट बाहिरिएको थियो । त्यही समयमा म्याड्रिडबाट ह्वेल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल पटरीबाट बाहिर खसेका हुन् ।एन्डालुसियन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले उद्धारकर्मीहरूले डब्बाभित्र फसेका यात्रुहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका जनाएको छ । निजी रेल कम्पनी इर्योले मालागाबाट आएको रेलमा झन्डै ३ सय यात्रु रहेको पुष्टि गरेको छ ।दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा बन्द गरिएका छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सरकार आपतकालीन सेवासँग मिलेर उद्धारको काम गरिरहेको बताउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्