ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र


एबीसी न्यूज
पुस ३०, २०८२ बुधबार   ६ : २६   बजे


काठमाडौं, ३० पुस : नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद औपचारिक रूपमा निर्वाचन आयोगसम्म पुगेको छ। विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको द्वन्द्वका दुई फरक धारबाट दुई अलग–अलग पत्र आयोगमा दर्ता भएका छन्, जसले विवादलाई राजनीतिक मात्र होइन, कानुनी र संस्थागत मोडमा पुर्‍याएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले मंगलबार नै काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा बुझाएका थिए। सो पत्रमा भृकुटीमण्डपमा प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सञ्चालन भइरहेको र त्यही महाधिवेशन नै कांग्रेसको वैधानिक प्रक्रिया भएको दाबी गरिएको बुझिएको छ।

देउवा पक्षको कारबाही पत्र आज आयोगमा

बुधबार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि गरिएको कारबाहीसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।

देउवा पक्षले बुझाएको पत्रमा पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको उल्लेख गरिएको स्रोतको दाबी छ। विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसमा संलग्न नेताहरूलाई कारबाही गरिएको तर्क पनि पत्रमा समेटिएको बुझिएको छ।

आयोग : दुबै पत्र अध्ययन हुँदैछ

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुबै पत्र आयोगमा दर्ता भएको पुष्टि गरेका छन्। उनले भने,
“विशेष महाधिवेशन भइरहेको भन्ने पत्र आयोगमा हिजै दर्ता भएको छ। आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र अहिले अध्ययनकै क्रममा छन्।”

भट्टराईका अनुसार आयोगले तत्काल कुनै निष्कर्षमा पुग्नेभन्दा पनि पार्टी विधान, कानुनी प्रक्रिया र प्रस्तुत कागजातहरूका आधारमा निर्णय लिने तयारी गरिरहेको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी

यसैबीच, काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ। महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ। प्रतिनिधिहरूको उपस्थितिमा बन्दसत्र र छलफलहरू भइरहेका छन् भने पदाधिकारी चयनका विषयमा आन्तरिक सहमति र प्रतिस्पर्धाको प्रक्रिया पनि चलिरहेको छ।

महाधिवेशन जारी रहँदा नै बुधबार केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय थापा र शर्मासहित तीन जनामाथि कारबाहीको निर्णय गरेको थियो। यही निर्णयले पार्टीभित्रको विवादलाई अझ चर्काएको छ।

राजनीतिक र कानुनी पेचिलोपन बढ्दै

दुई फरक पक्षबाट आयोगमा पुगेका पत्रहरूले नेपाली कांग्रेसको विवाद अब राजनीतिक भाषण र नाराबाजीमा सीमित नरही कानुनी र संवैधानिक निकायको निर्णयमा निर्भर हुने संकेत गरेको छ। आयोगले कुन पक्षलाई वैधानिक मान्यता दिन्छ भन्ने विषयले कांग्रेसको भावी नेतृत्व, संगठन संरचना र आगामी निर्वाचन रणनीतिमा गहिरो प्रभाव पार्ने देखिन्छ।

एकातिर विशेष महाधिवेशन पक्षधरहरूले प्रतिनिधिहरूको बहुमत र प्रत्यक्ष सहभागितालाई आधार बनाएर आफूहरू नै ‘वास्तविक कांग्रेस’ भएको दाबी गरिरहेका छन्। अर्कोतिर देउवा पक्षले विधान, पदाधिकारीको अधिकार र केन्द्रीय कार्यसमितिको निर्णयलाई वैधताको मुख्य आधार ठानिरहेको छ।

निर्वाचन आयोगको आगामी निर्णयले कांग्रेसको आन्तरिक विवादको दिशा मात्र होइन, नेपाली राजनीतिमा प्रमुख विपक्षी दलको भविष्यसमेत निर्धारण गर्ने महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group