ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा मन्त्रालयले बैशाख २ बाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक अभियान संचालन गर्दै


admin
चैत्र २३, २०७४ शुक्रबार   ३ : १५   बजे

काठमाडौं, २३ चैत । सरकारले आगामी बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ संचालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियान’ संचालन गर्न लागिएको जानकारी गराएको हो ।

विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँचको सुनिश्चित गर्न अभियान नै संचालन गर्ने निर्णय लिइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनु भयो । उहाँले अभियानमा सहभागी हुन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सामाजिक अभियन्ता, निजी एवम् गैर सरकारी क्षेत्र, अभिभावक, पेशागत संघसंस्था, शिक्षाप्रेमी, बुद्धिजीविलगायत आम नागरिकलाई आह्वान पनि गर्नु भयो ।

सरकारले अभियानलाई थप प्रभावकारी बनाउन ‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारा समेत तय गरेको छ । मन्त्री पोखरेलले विद्यालय भर्ना हुने बालबालिकाहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना भएकै समयमा उपलब्ध गराउने गरी स्थानीय सरकारमार्फत् सबै विद्यालयहरुमा आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले आफ्ना बालबालिकाहरुलाई समयमै विद्यालय भर्ना गराई नियमित रुपमा विद्यालय पठाउन पनि अभिभावकहरुसँग अनुरोध गर्नु भयो । सरकारले ‘सबैका लागि शिक्षा कार्यक्रम’ अन्तरगत विविध अभियान संचालन गरेपनि अझै पनि ५ देखि ९ वर्ष उमेर समूहका २ दशमलव ८ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर नै रहेको सरकारी तथ्यांक छ ।

विद्यालय तहको शैक्षिक तथ्यांक, २०७४ अनुसार सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलबस्तुलगायतका तराईका जिल्लाहरुमा तुलनात्मक रुपमा धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group