ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीकर्मी धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित


एबीसी न्यूज

काठमाडौं, ४ मंसिर । एबीसी टेलिभिजनका पोखरा संवाददाता धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव तथा एबीसी टेलिभिजनका गण्डकी प्रमुख ब्यूरो एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान अर्पण गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए । आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो । ‘पत्रकारिता केवल पेशा होइन, यो समाजको धड्कन सुन्ने कला हो । कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन्,’ उनले भने, ‘तर आज यो सम्मानले मलाई भन्छ अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको छ ।’
फोनिजका संघिय सचिव एमबी आस्थाले पुरस्कारले पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको अवस्थामा पुरस्कारले हौसला प्रदान गर्ने बताए । ‘पत्रकारिताको बाटो कता जाने हो भन्नेमा अन्योलता छाइरहेको पछिल्लो अवस्थामा समाजका केही प्रतिष्ठित व्याक्तिहरु पत्रकारको हौसलामा हातेमालो गर्न आइदिनुहुँदा खुसी लाग्छ,’ उनले भने, ‘आज मेयर लक्ष्मीप्रसाद गुरुङले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिदिनुभएको अक्षयकोषले थप बल दिएको छ ।’ जेनजी आन्दोलनपछि पत्रकारहरुको कमल र क्यामेरा अझ शसक्त रुपमा चलाउने पर्ने अवस्था आएका उनले सुनाए ।
पुरस्कारको अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले धेरै अक्षयकोष स्थापना गरिसकेको अवस्थामा पछिल्लो समय पत्रकारहरुसँग पनि जोडिन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा अक्षयकोष वृद्धि गर्दै पुरस्कार राशी बढाउने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघिय सल्लाहकार शान्ति गुरुङलगायतले पुरस्कारदाता मेजर गुरुङ र सम्मानित व्याक्ति पत्रकार गुरुङको सत्कर्मको प्रशंसा गर्दै शुभकामना दिएका थिए । फोनिज गण्डकी र कास्कीका सल्लाहकार हुमबहादुर गुरुङले सम्मानित व्याक्तिको परिचय गराएका थिए ।
सम्मानित गुरुङले २०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध छन् ।
पत्रकारिताका विधागत संघसंस्थामा पनि गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन् । यसअघि उनी युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट पनि सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com