ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता


एबीसी न्यूज

काठमाडौं, ९ असोज । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेको छ। भेटमा प्रतिनिधिमण्डलले देशको वर्तमान विषम परिस्थितिबारे छलफल गरेको एनआरएनएले जनाएको छ। सो अवसरमा प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सम्पन्न गर्न र सरकार सफल बनाउन एनआरएनएले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी एनआरएनए अभियन्ता आरके शर्माले बताए । उनले भने, हामीले प्रधानमन्त्रीज्यूलाई बधाई दियौँ र निर्वाचन सम्पन्न गर्न वा सरकार सफल पार्न हामीले यथासक्य सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। यस क्रममा गैरआवासीय नेपाली नागरिकता, चर्लुका समस्या, सामाजिक सुरक्षा कोष, र कलेक्टिभ इन्भेस्टमेन्टमार्फत रेमिटेन्सलाई कन्जुमेबलबाट सेभिङमा ल्याउने उपायबारे छलफल गरेका छौँ। हामीले प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, उर्जा मन्त्रीज्यू र प्रमुख मुख्य सचिवज्यूसँग यी सबै विषय यथाशक्ति सम्बोधन गरिदिन अनुरोध गरेका छौँ।
भेटमा विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, पुलिस सेवा र अन्य व्यवस्थासम्बन्धी विषयमा पनि सुझाव प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको समेत शर्माले बताए। एनआरएनएको सचिवालयसँग सम्बन्धित समस्याबारे पनि न्यायसंगत समाधान र कार्यसम्पादनका लागि आग्रह गरेका थियौँ, जसमा प्रधानमन्त्रीले सहयोग गर्ने आश्वासन दिएको उनले बताए । प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता र सामूहिक लगानी सम्बन्धी सबै सुझाव प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो। साथै, व्यापारीलाई हुने जोखिम न्यूनीकरण गर्न नीति–नियम बनाउने विषयमा पनि अनुरोध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com